कैलाश विकास बैंकले नारी दिवसका उपलक्ष्यमा कैलाश सुरक्षित नारी बचत योजना ल्याएको छ ।
जसमा शून्य मौज्दातमा खाता खोल्न सकिने, निःशुल्क ५ लाखसम्मको दुर्घटना बीमा, निःशुल्क डेबिट कार्ड, निःशुल्क मोबाईल बैंकिङ्ग, निःशुल्क इन्टरनेट बैंकिङ्ग, लकर सुविधामा ५० प्रतिशत छुट लगायतका सुबिधा रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले जानकारी दिए ।
देशभर ९० वटा शाखामार्फत वित्तीय सेवा प्रदान गर्दै आएको बैंकको ३५ एटिएम छन् ।
निकट भविष्यमा देशका बिभिन्न ७ ठाउँमा शाखा संचालन गर्ने तयारी भइरहेको बैंकले जनाएको छ ।
बैंकले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै समस्त आधारभूत बैंकिङ्ग सेवाका साथै मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग सेवा, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, रेमिटान्स सेवा लगायतका सेवा प्रदान गर्दै आईरहेको बताइएको छ ।




