रुकुममा एक जना शिक्षकले छात्रा बलात्कार गरेका छन् । पश्चिमको सानीभेरी गाँउपालिका ९ सिम्लीमा आफैले पढाउँदै गरेकी एक छात्रालाई बलात्कार गरेका हुन् । घटनापछि शिक्षकलाई प्रक्राउ गरिएको छ । प्रक्राउ गर्नेमा राप्ती ज्ञानोदय माध्यामिक विद्यालयमा अध्यापन गर्दै आएका शिक्षक प्रकाश खड्का रहेका छन् । उनले सोही बिद्यालयमा अध्ययनरत छात्रा बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
गत मंगलबार गाउँमा भैंसी बिरामी भएको र त्यसको उपचार गर्न जाऔँ भन्दै शिक्षक खड्काले ती छात्रालाई मोटरसाइकलमा राखेर लगेका थिए ।गाउँ पुग्नु अगावै बाटोमा पर्ने जंगलमा आफूलाई बलात्कार गरेको उजुरी छात्राले प्रहरी समक्ष गरेकी छन ।




