राष्ट्रपति भण्डारीले गरिन् ‘लिफ्ट’ उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीले पोखराको विन्दवासिनी मन्दिरको लिफ्ट उद्घाटन गरेकी छिन् । बिहीबार मध्यान्ह १२ बजे पोखरामा रहेको सो मन्दिरको लिफ्ट उद्घाटन गरिएको मन्दिरका पिठाधिस स्वामी निशेषानन्दले रातोपाटीलाई जानकारी दिए । 

बिन्दवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष एवं हुन्डाई मोटर्सका नेपाल डिस्टीब्युटर समेत रहेका गणेशबहादुर श्रेष्ठको पहलमा १ करोडको लागतमा सो लिफ्ट बनाइएको हो ।  अपाङ्ग, अशक्तहरुलाई लक्षित गरि लिफ्ट बनाइएको स्वामीले जानकारी दिए । 

लिफ्टमा एक पटकमा १२ जनासम्म चढ्न मिल्ने र भारवहन क्षमता ६ सय ४० किलोग्राम रहेको जनाइएको छ । लिफ्ट उद्घाटनका लागि पोखरा पुगेकी राष्ट्रपति भण्डारीले मन्दिरमा पूजाअर्चना पनि गरेकी थिइन् ।