राष्ट्रपति भण्डारी मनकामना मन्दिरमा

राष्ट्रपति विद्यादेवी भण्डारी प्रसिद्ध धार्मिक स्थल गोरखाको मनकामना मन्दिरमा पूजा अर्चनाका लागि पुगेकी छन्।

बिहीबार दिउँसो हेलिकोप्टरबाट मनकामना पुगेकी भण्डारीले मन्दिरमा पूजा अर्चना गरेकी छिन्।

२०७२ वैशाख १२ मा गएको भूकम्पबाट क्षति पुगेको मनकामना मन्दिर करिब १४ करोडको लगानीमा पुनर्निर्माण सकिएको छ।

सरकारी सहयोग र भक्तजनबाट उठाइएको चन्दाबाट पुनर्निर्माण गरिएको मनकामना मन्दिर भक्तजनका लागि खुला गरिएको छ।

राष्ट्रपतिबाट मन्दिरमा पूजाअर्चना भइरहँदा भक्तजनले भने लाइनमा बसेको लामो समय हुँदा पनि पूजा गर्न नपाएको गुनासो गरेका छन्।