समाचार

लायन्स पोखरा हेल्पफुल ह्याण्ड्समा तेज

लायन्स क्लब अफ पोखरा हेल्पफुल ह्याण्ड्सको २०१९/२० को अध्यक्षमा तेज अधिकारी निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनबाट उनी निर्विरोध निर्वाचित भएको हुन् । क्लबको प्रथम उपाध्यामा अञ्जु नेपाली, द्वितीय उपाध्यक्ष दुर्गा सुनार, तृतीय उपाध्यक्ष नर कुमार सुनार, सचिव कृष्ण नेपाली, सहसचिव विनोद सुनार, क्लब एडमिनिस्ट्रेटर विमल गुरुङ, कोषाध्यक्ष दामोदर डुम्रे, सहकोषाध्यक्ष प्रेम सुनार, मेम्वरसिप चियरपर्सन बुद्ध कार्की, पिआरओ रामकुमार राई, एलसिआईएफ कोअर्डिनेटर मन बहादुर सुनार, क्लव सर्भिस चियसपर्सन मणि… पुरा पढौ

कारखानामा शक्तिशाली विस्फोट, सात जनाको मृत्यु

एक इलेक्ट्रोनिक्स कारखानामा आइतबार भएको विस्फोटमा सात जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन् । पूर्वी चीनको जियाङ्सु प्रान्तको कुनशानस्थित एक इलेक्ट्रोनिक्स कारखानाको परिसरमा थुपारिएको फोहोरमा विस्फोट भएको र त्यसबाट फैलिएको आगोले कारखानाको वर्कसपमा ठूलो क्षति पुगेको थियो । “कुनशान वाफर टेक्नोलोजी लिमिटेडमा भएको उक्त दुर्घटनाका बारेमा छानबिन भइरहेको छ,” स्थानीय सरकारी अधिकारीहरुले बताएका छन् । यही प्रान्तमा गत साता रसायन प्लान्टमा भएको एक विस्फोटका… पुरा पढौ

विप्लवको पार्टीलाई प्रतिबन्ध लगाएको छैन्ः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कुनै राजनीतिक पार्टीलाई प्रतिबन्ध नलगाएको दाबी गरेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीमाथिको प्रतिबन्धका विषयमा आइतबार विराटनगर विमानस्थलमा बोल्दै ओलीले यस्तो दाबी गरेका हुन् । ‘विप्लव नेतृत्वको समूह कतै दर्ता भएको छैन्’, ओलीले भने, ‘संवैधानिक पार्टी नभएकाले उसका अराजक गतिविधिमाथि प्रतिबन्ध लगाइएको हो ।’ उनले विप्लवमाथिको प्रतिबन्धलाई पार्टीमाथिको प्रतिबन्धका रुपमा नलिन सबैलाई आग्रह गरे । प्रधानमन्त्री ओलीले संवैधानिक निकायको नियुिक्तमा प्रमुख प्रतिपक्षी दल नेपाली… पुरा पढौ

मुख्यमन्त्री जनता स्वास्थ्यपरीक्षण कार्यक्रम शुरु

हेटौँडा अस्पतालबाट प्रदेश नं ३ सरकारको मुख्यमन्त्री जनता स्वास्थ्यपरीक्षण कार्यक्रम नमूनाको रुपमा शुरु भएको छ । प्रदेश सरकारले शुरु गरेको जनता स्वास्थ्यपरीक्षण कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले शिक्षा, स्वास्थ्य र रोजगारीको कार्यक्रमलाई प्रभावकारीरूपमा अगाडि बढाउन विभिन्न किसिमका नौलो कार्यक्रम शुरु गरेको बताए। “तीस देखि ७० वर्ष सम्मका व्यक्ति जसले आफूलाई स्वस्थ ठान्छन् तर, अचानक रोगको शिकार भएर ज्यान जान्छ, यस्ताका लागि यो कार्यक्रमले कति स्वस्थ छौं भनेर जानकारी दिन्छ”,… पुरा पढौ

बसको ठक्करबाट ५जना भारतीयको मृत्यु,

नेपालबाट गएको एक पर्यटक बसले भारतको उत्तर प्रदेशको पिलिभिटमा एक कारलाई ठक्कर दिँदा ५ जनाको मृत्यु भएको छ । उक्त घटना उत्तर प्रदेशको खमारिया गाउँको पिलिभिट–बरेली सडकमा शनिबार भएको थियो । सो बसमा रहेका नेपालबाट गएका केही यात्रुहरु समेत घाइते भएको भारतीय प्रहरीलाई उद्धृत गर्दै इन्डियन एक्सप्रेसले जनाएको छ । सो बस प्रहरीले नियन्त्रणमा लिएको र चालक भने फरार रहेको समाचारमा जनाइएको छ । दुर्घटनामा मृत्यु हुनेमा ६० वर्षीय मुन्ने मन्सरी,… पुरा पढौ

बेरोजगारलाई भत्ता होइन रोजगार : माधव नेपाल

पूर्वप्रधामन्त्री माधवकुमार नेपालले सरकारले वेरोजगारहरुलाई भत्ता दिने गरी ल्याएको योजना क्षणिक रुपमा राम्रो भए पनि सधैका लागि यो ठीक नभएको बताएका छन् । आइतबार सरोकार समाज नेपालले राजधानीमा आयोजना गरेको कार्याशालामा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले बेरोजगार भत्ताले युवाहरुमा परनिर्भता बढ्न सक्ने भन्दै उनले भत्ता होइन रोजगार सिर्जना गर्नु पर्ने बताए । राज्यले आफ्ना देशका युवाहरुलाई रोजगारीका लागि योग्य बनाउन कसरी हुन्छ काम गर्नु पर्ने उनले बताए । नेपालको शिक्षा जीवन उपयोगी… पुरा पढौ

इक्वेडरमा ६.२ म्याग्नीच्यूडको भूकम्प

इक्वेडरको दक्षिण पश्चिमी शहर सान्ता एलेना नजिक आइतबार ६.२ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्प स्थानीय समय अनुसार आइतबार बिहान ७ बजे गएको हो । भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब १९ किलोमिटर मुनि रहेको थियो । भूकम्पबाट भएको जनधनको क्षतिका बारेमा स्थानीय प्रशासनले जानकारी सङ्कलन गर्न लागेको जनाएको छ पुरा पढौ

साउदीले विश्वकै धनी बेजोसको फोन ह्याक गरेको आरोप

एजेन्सी- अमेजनका संस्थापक तथा विश्वकै सबैभन्दा धनी व्यक्ति जेफ बेजोसको तस्वीरहरु लिक भएको विषयमा अनुसन्धान गरिरहेका गाविन डी बेकरले बेजोसको फोन साउदी अधिकारीहरुले ह्याक गरेको बताएका छन् । यी तस्वीरहरु बाहिरिएपछि बेजोसको पत्नीसँग सम्बन्धविच्छेद भएको थियो । आइतबार यो खुलासा गर्दै बेकरले यो तस्विर लिक हुनु र पत्रकार जमाल खशोगीको हत्याबारे वासिङ्टन पोस्टमा समाचार छापिएको विषयसँग सम्बन्धित रहेको बताएका छन् । वासिङ्टन पोस्ट जेफ बेजोसकै पत्रिका हो ।  बेकरले द… पुरा पढौ

गैँडा मर्ने क्रम बढेपछि घाँसे मैदान र पोखरी व्यवस्थापनमा जोड

प्राकृतिक कारणले दुर्लभ एक सिङ्गे गैँडाको मर्ने क्रम बढेपछि चितवन राष्ट्रिय निकुञ्जले घाँसे मैदान र पोखरीको व्यवस्थापनमा जोड दिएको छ।  दुई वर्षअघि आएको बाढीका कारण घाँसे मैदान र पोखरी पुरिएको थियो । बाढीले पूर्वीक्षेत्रका गैँडालाई बगाएर पश्चिम क्षेत्रमा धेरै पुर्याएको थियो। कतिपय गैँडा बगेर भारतसमेत पुगेका थिए। चालू आर्थिक वर्षको हालसम्म प्राकृतिक कारणले निकुञ्जमा मात्रै ३९ वटा गैँडा मरिसकेका छन्।  चितवन राष्ट्रिय वन क्षेत्रअन्तर्गत दुई वटा थप गैँडा मरेका छन्।… पुरा पढौ

काठमाडौंमा नेविसंघको आतंक, तीन कलेजमा तोडफोड

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाडौँका तीनवटा कलेजमा तोडफोड गरेको छ ।  काठमाडौँस्थित एपेक्स कलेज, राजधानी कलेज, एसएम कलेलेमा तोडफोड गरिएको नेविसंघका नेता मनिष सिंखडाले जानकारी दिए ।  उक्त कलेजहरुले मानोमानी ढंगले शूल्क लिने गरेको भन्दै आफूहरु कारबाहीमा उत्रिएको उनले दाबी गरे ।  उनीहरुले कलेजको गेटमा माफिया होसियार भन्दै कालो अक्षरले पेन्टिङसमेत गरेका छन् । सोही क्रममा प्रहरीले १५ जना विद्यार्थीलाई… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं