समाचार

आफ्नै बहिनीको शव बोकेर हिँडेका दाजूभाई पक्राउ

आफ्नै बहिनिको शव बोरामा बोकेर हिँडेका २ जना दाजुभाइ पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत मोतिहारी घर भएका ४० वर्षीया देवी साह र २६ वर्षी दिगन साह रहेका छन् । गएराति गस्तीमा खटिएको प्रहरीले चितवनको भरतपुर महानगरपालिका स्थित गणेश चोकमा शव बोकेर हिँडीरहेका बेला उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले बोकेको बोरा चेकजाँच गर्दा शव भेटिएको र अनुसन्धानको क्रममा सो शव उनीहरुकी बहिनी १७ वर्षीया परिकुमारी साहको भएको खुल्न… पुरा पढौ

१२ जना नेपाली किशोरीको उद्धार

दिल्ली महिला आयोगले भारतको राजधानी शहर नयाँदिल्लीका विभिन्न स्थानबाट छापा मारी १२ जना नेपाली किशोरीहरुको उद्धार गरेको जनाएको छ । उद्धार गरिएका किशोरीहरुले एक जना उदय नाम गरेका व्यक्तिले दुबई र खाडीका अरु मुलुकमा कामको प्रलोभन देखाएर नयाँदिल्ली ल्याएको बताएका छन् । आयोगका सदस्य किरण नेगीको अगुवाईमा नयाँदिल्लीका नजफगढका दुई स्थानबाट किशोरीहरुको उद्धार गरिएको आयोगले जनाएको छ । तर किशोरीहरुलाई दिल्लीसम्म ल्याउने एजेन्ट फरार भएका छन् । उद्धार गरिएका अधिकांश… पुरा पढौ

सर्वोच्च अदालतका लागि पाँच न्यायाधीश सिफारिस

न्याय परिषद्ले सर्वोच्च अदालतका लागि पाँच न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ । परिषद्का अध्यक्ष तथा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षमा बसेको बैठकले सर्वोच्चका लागि सिफारिस गरेका न्यायाधीशहरुमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुङ्गाना, उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश सुष्मालता माथेमा र कानून व्यवसायीबाट मोरङका पूर्व महान्यायाधिवक्ता हरि फुयाँल, काठमाडौँबाट वरिष्ठ अधिवक्ता कुमार रेग्मी र अधिवक्ता डा मनोजकुमार शर्माको नाम सिफारिस गरेको परिषद्का सचिव देवेन्द्रराज ढकालले जानकारी दिए ।… पुरा पढौ

१ युवकको हत्या

काठमाडौंको बाफलमा एक बेवारिसे व्यक्तिको हत्या भएको छ ।अन्दाजी २५/२६ वर्षको पुरुषको हत्या भएको हो । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार उनी बाफलस्थित स्युच्टार पुलमुनि बसेर मागी खान्थे । उनी आफू जस्तै दुई/तीन जना व्यक्तिको समूहमा बस्ने गरेको बोगटी बताउँछन् । घटनालगत्तै प्रहरीले फरेन्सिक विज्ञानका चिकित्सक र अनुसन्धानमा सहयोगी कुकरलाई घटनास्थलमा लगेको थियो । त्यसक्रममा चिकित्सकसहित प्रहरीको टोलीले उनको घाँटीमा सिसा प्रहार गरेर हत्या भएको आशंका गरेको… पुरा पढौ

बारामा १५ सय घरमा क्षति पुगेको प्रारम्भिक विवरण

हावाहुरीका कारण बारामा १ हजार ५ सय २ घरधुरी प्रभावित भएको प्रारम्भिक तथ्याङक आएको छ । नेपाल रेडक्रस सोसाइटी बारा शाखाले गरेको प्रारम्भिक तथ्याङक संकलनका क्रममा १ हजार ५ सय २ घरधुरी प्रभावित भएको देखिएको हो । रेडक्रस बाराका शाखा अधिकृत उदय नेपालले प्रारम्भिक अध्ययनको तथ्याङ्क आएको जानकारी दिए । ‘अहिलेको तथ्याङक प्रारम्भिक मात्रै हो, हावाहुरीबाट जम्मा प्रभावित १ हजार ५ सय २ घरधुरी देखिएका छन्’ नेपालले भने, ‘आज पनि… पुरा पढौ

आँधी प्रभावितको आवास बनाउन प्रदेश ३ सरकारले एक करोड सहयोग

प्रदेश ३ सरकारले बारा र पर्साका हावाहुरी प्रभावितलाई आवास निर्माणका लागि एक करोड सहयोग गर्ने निर्णय गरेको छ । मंगलबार बिहान बसेको प्रदेस मन्त्रीपरिषद् बैठकले १ करोड सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले जानकारी दिए । यसैगरी प्रदेशसभा ३ ले बारा र पर्साका हावाहुरी प्रभावितलाई ३ दिन बराबरको तलब सहयोग गर्ने निर्णय गरेको छ। मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आफ्ना १०९… पुरा पढौ

प्रचण्ड राहत बाँड्न बारा–पर्सा जाँदै

रत्तारुढ नेकपाका अध्यक्ष प्रचण्ड हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा जान लागेका छन् । बारा र पर्साको हुरी प्रभावित क्षेत्रको अवस्था बुझ्न प्रचण्ड अहिले ११ बजे त्यसतर्फ जान लागेको उनको सचिवालयले जनाएको छ ।  सचिवालयका अनुसार, प्रचण्डले हावाहुरी पीडितको अवस्थाबारे सुरुमा बारा पुगेर जानकारी लिनेछन् । त्यसपछि, पर्सा जाने कार्यक्रम छ । उनले पीडित परिवारसँग भेटघाट गरी राहत वितरण गर्नेछन् । यसअघि, सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले हावाहुरी प्रभावित क्षेत्रको हवाई निरीक्षण… पुरा पढौ

विश्वले ल्याए पोखरा चिनाउने ‘रत्न’

४ दशकअघिको पोखरा कस्तो थियो, त्यसपछि विकासको यात्रामा पोखरा कसरी अघि बढ्यो ? अहिले कस्तो छ ? यी प्रश्नको उत्तरमा लामै निबन्ध लेख्न सकिन्छ तर त्यसले हामीलाई शतप्रतिशत स्पष्ट खाका दिदैन । इतिहास र वर्तमान पनि सजीव रुपमा देखाउने सबैभन्दा सशक्त माध्यम हुन् तस्विरहरु । पोखराको वर्तमान र इतिहास बुझाउने तस्विरहरु पोखरेलीका लागि अमूल्य रत्न नै हुन् । फोटो पत्रकार विश्वरत्न शाक्यले यस्तै अमूल्य रत्न सोमबार सार्वजनिक गरेका छन् ।… पुरा पढौ

प्रधानमन्त्रीलाई मुख्यमन्त्रीले भने हेलिकोप्टरमा उडेरमात्र हुँदैन, पाल खसालिदिनुहोस

प्रधानमन्त्री केपी शर्मा ओलीले हवाइ निरीक्षण मात्र गरेपछि हावाहुरी प्रभावित फेटा गाउँपालिकाका स्थानीयबासीले असन्तुष्टि जनाएका छन् । आइतबार राति वर्षासँगै आएको हावाहुरीले बाराको फेटा गाउँपालिका नराम्ररी प्रभावित भएको छ । सबैभन्दा धेरै धनजनको क्षति भएको फेटामा प्रधानमन्त्री ओलीसहितको टोली जाने भनिएको थियो । तर, गृहजिल्ला झापाबाट नेपाली सेनाको हेलिकोप्टरमा बारा पुगेका प्रधानमन्त्री ओलीले प्रभावित क्षेत्रको हवाइ निरीक्षण गरेका छन् । यसप्रति स्थानीयले असन्तुष्टि जनाएका छन् । प्रदेश २ का भौतिक… पुरा पढौ

प्रधानमन्त्री बारा र पर्सामा ,ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले बारा र पर्सामा हावाहुरीबाट ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थलाभको कामना गरेका छन् । गृह जिल्लामा सोमवार हुने तीन वटा कार्यक्रम स्थगित गरेर प्रम ओलीले प्राकृतिक प्रकोपबाट भएको दुर्घटनाको स्थलगत अनुगमनका लागि घटनास्थलतर्फ जाने क्रममा भद्रपुर विमानस्थलमा पत्रकारसँग कुराकानी समवेदना र श्रद्धाञ्जलि व्यक्त गरेका हुन् । प्रम ओलीसँगै उपप्रधान तथा स्वास्थ्य एवं जनङ्ख्यामन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा हावाहुरीबाट पर्सा र बारामा उद्धार र… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं