समाचार

विप्लव समूहलाई प्रतिबन्ध गर्नु अपरिपक्व निर्णय : माधवकुमार नेपाल

नेपाल कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालले पार्टीमा छलफल नगरी विप्लव समूहलाई प्रतिबन्ध गर्नु उचित नभएको बताएका छन् । बुधबार संसद भवन नयाँ वानेश्वरमा पत्रकारलाई प्रतिक्रिया दिँदै उनले यस्तो गम्भीर विषयमा पार्टीमा छलफललै नगरी निर्णय गर्ने कार्यशैली ठीक नभएको बताए । ‘पार्टीभित्र (छलफल) भएको छैन । पार्टीभित्र गम्भीर विषयमा (छलफल) हुनुपर्थ्यो’ उनले भने ‘यस्तो चलन ठीक होइन, राष्ट्रिय महत्वका मेजर कदमहरु उठाउनुभन्दा पहिले बैठक बोलाउनुपर्छ, बैठकमा छलफल हुनुपर्छ, यस्तो किसिमको कार्यशैली… पुरा पढौ

जापान र नेपालवीच कामदार पठाउन समझदारी

नेपाल र जापानबीच कामदार आपूर्तिबारे सहकार्यको समझदारी बनेको छ । दुई देशबीच सहमति भएपछि एमओसीको मस्यौदा दुबै देशको मन्त्रिपरिषद बैठकमा पेश हने क्रममा छन् । श्रम तथा रोजगार मन्त्रालयका अनुसार जापानसँग मार्च महिनाभित्रै एमओसीमा हस्ताक्षर गर्ने योजना छ । त्यसैअनुसार सहमति जुटेको मस्यौदालाई मन्त्रिपरिषद वैठकमा पठाउने तयारी भएको छ । एक हप्ताभित्रै दुबै देशका सरकारले एमओसी पारित गर्ने र तुरुन्तै हस्ताक्षरको मिति तय हुने छ । मार्च महिनामा समझदारी भएर… पुरा पढौ

सरकारी र निजी क्षेत्रको बैंक विस्तार समान रुपले हुनेछ : अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा युवराज खतिवडाले चालू आर्थिक वर्षभित्रै मुलुकका सबै स्थानीय तहमा बैंकको सेवा पुर्याइने बताएका छन् । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै उनले सिंहदरबारमा मात्र होइन मुलुकका सुगम र दुर्गम क्षेत्रमा समेत निजी र सरकारी बैंकको शाखा विस्तार समान रुपमा हुने बताए । डा खतिवडाले भने, “सिंहदरबार परिसरभित्र राष्ट्रिय वाणिज्य बैँकको शाखा सञ्चालनका लागि अनुमति दिइसकिएको छ । उपयुक्त स्थानमा सञ्चालनका लागि पूर्वाधारको खोजी भइरहेको छ ।… पुरा पढौ

विप्लव समूह विद्रोही होइन : नेकपा नेता

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहप्रति प्रतिबन्ध लगाएसँगै यसको पक्ष–विपक्षमा विभिन्न प्रतिक्रिया आएका छन् । कांग्रेस सभापति एवं प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले सो समूहमाथिको प्रतिबन्धको स्वागत गर्दै थप कारबाहीकाृे माग गरेका छन् ।  तर, सत्तारुढ दल नेकपाकै एक नेताले भने सरकारले हतारमा प्रतिबन्ध लगाएको भन्दै त्यसलाई सच्याउन आग्रह गरेका छन् । सत्तारुढ दल नेकपाका नेता देवेन्द्र पौडेलले विप्लव समूहमाथिको प्रतिबन्ध गलत भएको बताएका हुन् । ‘मेरा कुराहरु पार्टीमा राख्छु,… पुरा पढौ

‘ विप्लवलाई प्रतिवन्ध मात्रै होइन, कार्वाही गर्नुपर्छ:शेरबहादुर देउवा

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आपराधिक संगठन ठहर गर्दै प्रतिवन्ध लगाएपछि अहिले नै प्रतिवन्ध लगाउने अवस्थामा जानु हुँदैन थियो भन्दै प्रतिक्रिया दिइरहेका कांग्रेस सभापति एकाएक फेरिएका छन् । हिजो विप्लवलाई प्रतिवन्ध लगाउनु अघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुसँग कुनै छलफल नगरेको बताइरहेका कांग्रेस सभापति देउवाले एकै रातमा कुरा फेर्दै अहिले विप्लवलाई प्रतिवन्ध मात्र नभई कानून अनुसार कार्वाही नै गर्नुपर्ने बताउन थालेका छन् । बुधबार विराटनगरस्थित विमानस्थलमा सञ्चारकर्मीहरुसँग… पुरा पढौ

तनहुँमा दुर्घटना, एक युवतीको मृत्यु

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली–खैरेनीटार सडकखण्डमा आज भएको दुर्घटनामा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौताराका २५ वर्षीया प्रतिक्षा भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पोखराबाट दमौली आउँदै गरेको ग १ ख ४८५६ नं को ट्रकले सोही दिशाबाट आउँदै गरेको ग ११ प १८५६ नं को स्कुटरलाई म्याग्दे गाउँपालिका–४ मनहरीमा ठक्कर दिँदा भण्डारी घाइते भएकी थिइन् । उनको दमौली अस्पतालमा उपचारको क्रममा बिहान… पुरा पढौ

मेलम्ची खानेपानीका कर्मचारी र आपूर्तिकर्ता आन्दोलनमा

मेलम्ची खानेपानीका कर्मचारी र आपूर्तिकर्ता आन्दोलनमा उत्रिएका छन् । कर्मचारीले सात महीना अघिदेखि काम गरेको तलब नपाएको र आपूर्तिकर्ताले पनि आफ्नो सामानको पैसा नपाएको भन्दै आन्दोलनमा उत्रिएका हुन् । मेलम्ची खानेपानी आयोजनाको सुरुङलगायत संरचना निर्माणको जिम्मा लिएको इटालियाली कम्पनी सिएमसी भागेपछि कर्मचारी र आपूर्तिकर्ताले चिन्ता व्यक्त गरेका छन् । सुरुङ निर्माण कार्यमा मजदूरी गरेका पूर्णबहादुर लामिछानेले कम्पनीसँग साढे सात महीनाको पारिश्रमिक नपाएको बताए । आफूले मजदूरी गरेको तलब नदिई कम्पनीले… पुरा पढौ

विप्लव समुह आपराधिक संगठन भएको ठहर,नेकपालाई प्रतिबन्ध लगाउने घोषणा

सरकारले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा  आपराधिक संगठन भएको ठहर गरेको छ। मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव नेकपालाई प्रतिबन्ध लगाउने घोषणा गरेको हो। विप्लव नेकपाले आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेको सरकारको ठहर छ। मन्त्रिपरिषद् बैठकले विप्लवका नामबाट अब कुनै पनि गतिविधि गर्ने नदिने गरी प्रतिबन्ध लगाएको बताइएको छ। राज्यले वार्तामा बोलाउँदा समेत नआएपछि सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध… पुरा पढौ

हजका लागि जाने हाजीहरुको व्यवस्थापनमा कुनै कमी नहुने अध्यक्ष मियाको भनाई

हजका लागि जाने हाजीहरुको व्यवस्थापनमा कुनै कमी हुन नदिने नेपाल हज समितिका अध्यक्ष सम्शेर मियाले बताएका छन् । बाँकेको नेपालगंजमा नेपाल इक्रा एजुकेशनल फाउण्डेशन र हज समितिले संयुक्त रुपमा आयोजना गरेको हज र हाजीहरुको व्यवस्थापन विषयक अन्तरक्रियामा बोल्दै हज समितिका अध्यक्ष शम्शेर मियाले विगतका समितिले गरेका गलत क्रियाकलापका कारण हज समिति माथि जनताको बिश्वास नै कम भएकोले जन गुनासो बढेको बताए । उनले आफनो नेतृत्वको समितिले कुनै प्रकारको गलत निर्णय… पुरा पढौ

बुध्द एयरको कोलकोता उडान जेठ १३ देखि

निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुध्द एयरले कोलकाता उडान जेठ १३ देखि मात्रै गर्ने भएको छ । यसअघि उसले वैशाख २ गतेदेखि कोलकाता उडान गर्ने भनेको थियो । आज जारी प्रेस विज्ञप्तिमा यसो हुनुको मुख्य कारण त्यसै समयमा भारतमा लोकसभा निर्वाचन हुनु हो । कोलकोता उडान एटिआर ७२–५०० जहाजले साताको नियमित ३ उडान भर्नेछ । निर्वाचनले उडान मिति परिवर्तन भएपनि उडान समय तालिकाभने परिवर्तन नभएको कम्पनीले जनाएको छ । उडान हरेक… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं