समाचार

अन्नपूर्ण पैदलमार्ग ,थोरङ्गलापास ४८ दिन पछि खुल्यो

लम्जुङ्ग,मनाङ्ग,मुस्ताङ्ग र कास्की जोडिएको बिश्मै परिचीत अन्नपुुर्ण पदमार्ग अन्तर्रगत मनाङ्ग जिल्लाको याकखर्कबाट थोरङ्गलापास हिजो फागुन २७ गतेबाट सुचारु भएको छ । करिब एक महिना सम्मको हिमपातका कारण बन्द रहेको थोरङ्गलापास २७ गतेबाट सुचारु गरिएको अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना ईलाका संरक्षण कार्यालय मनाङको चेक पोष्टबाट प्राकृतिक स्रोत संरक्षण सहायक नेत्रलाल महताराले बताए । हिमपातका कारण बन्द भएको थोरङ्गलापासमा हिजो २७ गते मात्र १० बिदेशी पर्यटकहरुले सफता पुर्बक थोरङ्गला पास गरेका छन… पुरा पढौ

मुस्ताङ, सार्वजनिक बिदामा सरकारी गाडी चलाए कारवाही

सार्वजनिक बिदाका समय पास बिना सरकारी निकायका सवारी साधन गुडेमा कारवाही गर्ने भएको छ ।प्रदेश प्रहरी कार्यालयले सुरक्षा तथा सार्वजनिक संम्पती दुरुपयोग गर्नेहरुका निम्ति यस्तो नियम अनिवार्य गराएको हो । फागुनको पहिलो साता देखि लागु हुने गरी मुस्ताङमा पनि यस्तो नियम लागु भएको जिल्ला ट्राफिक कार्यालय मुस्ताङका ट्राफिक असई बिष्णुपल्ली मगरले जानकारी दिए । उनका अनुसार सार्वजनिक बिदाका दिन सरकारी सवारी साधन चलाउन परेको खण्डमा जिल्ला प्रशासन कार्यालयको अनुमतीपत्र अनिवार्य… पुरा पढौ

जन्तीसवार बस दुर्घटना ,२ जनाको मृत्यु

 मकवानपुरमा जन्तीसवार बस दुर्घटना भएको छ । दुर्घटनामा २ जनाको मृत्यु भएको छ । भक्तपुरबाट जन्ती बोकेर हेटौंठातर्फ जाँदै गरेको बा ४ ख २२१७ नम्बरको बस कान्तिलोक मार्ग अन्तर्गत मकवानपुरको गढी गाउँपालिका २ चैनपुर डाँडामा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् । जसमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । बस सडकबाट २० मिटर तल खसेर रुखमा अड्किएको छ… पुरा पढौ

इनार खन्ने क्रममा पुरिएका माझीको शव १दिनपछि निकालियो

चन्द्रागिरी नगरपालिका–१२ मा इनार खन्ने क्रममा माटोको ढिस्को झरेर पुरिएका राम माझीको  शव २६ घन्टापछि निकालिएको छ । सिन्धुलीका ३५ वर्षीय माझी आइतबार साँझ घरको इनार खन्ने क्रममा माटोको ढिस्कोले पुरिएका थिए ।  महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार इनारको रिङ हाल्ने क्रममा आइतबार माटोको ढिस्को खसेर पुरिएका माझीको शवलाई सोमबार राति मात्र मृत अवस्थामा निकालिएको हो ।   नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले ३० फिट… पुरा पढौ

कोरियाली भाषा परीक्षाको चैत ८ देखि १७ गतेसम्म आवेदन आवेदन फाराम भर्न सकिने

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् २०१९ का लागि प्रथम चरणको कोरियाली भाषा परीक्षा आगामी जेठमा हुने भएको छ । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले आज एक सूचना जारी गर्दै भाषा परीक्षाका लागि आगामी चैत ८ देखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिने जनाएको छ । आवेदकको परीक्षा काठमाडौँ र पोखरा केन्द्रबाट सञ्चालन गरिनेछ । दरखास्त दर्ता गर्दा नै परीक्षार्थीले आफूले परीक्षा दिन चाहेको केन्द्र रोज्नुपर्ने इपिएस शाखाले जनाएको… पुरा पढौ

मन्त्रिमण्डल पुनर्गठनबारे ओली र प्रचन्डबिच छलफल

बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘प्रधानमन्त्रीजीको भनाइ छ, म हेरिरहेको छु, दुई अध्यक्षको बीचमा सामान्य सल्लाह गरेर गर्नैपर्‍यो भने केही हेरफेर हुनसक्छ । तर, अहिले हतार छैन् ।’ प्रचण्डले थपे, ‘मन्त्रीहरुको काम र क्रियाकलापको विषयमा तपाईं (प्रधानमन्त्री) ले मूल्यांकन गर्नुभएको होला । तपाईंको अधिकार क्षेत्रभित्रको कुरा भएकोले आवश्‍यक मूल्यांकनका आधारमा छलफल गरेर हेरफेर गर्न सकिन्छ भनेर मैले प्रधानमन्त्रीज्यूलाई भनेको छु ।’ संघले प्रदेशलाई अधिकार दिएन भन्‍ने आरोप छ… पुरा पढौ

कम्युनिस्टका नाममा युवालाई लुट्न सिकाएर घिनलाग्दो काम गरिरहेको छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले कम्युनिस्टका नाममा युवालाई लुट्न सिकाएर घिनलाग्दो काम गरेको बताएका छन् । सो समूहको नाम नलिई प्रधानमन्त्री ओलीले भने, ‘यहाँ कम्युनिस्टको नाममा युवालाई लुट्न सिकाइरहेका छन् । यो हुन सक्ने कुरा होइन ।’  नेपाल वैदेशिक रोजगार व्यवसायी संघको टोलीसँगको भेटघाटमा प्रधानमन्त्री ओलीले हिंसा र विस्फोटबाट आतंक मच्चाएर लुटपाट गर्ने त्यस्तो समूहसँग सरकारले वार्ता नगर्ने बताएका छन् । संघका अध्यक्ष रोहन गुरुङको घरमा फागुन २४… पुरा पढौ

लगानी बोर्डको दायरा थप फराकिलो बनाउन विधेयक : अर्थमन्त्री डा. युवराज खतिवडा

सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ माथि परेका विभिन्न संशोधनका बुँदामाथि छलफल शुरु भएको छ ।  प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकमा सो विधेयक माथि सांसदले दर्ता गराएको संशोधनका प्रस्तावमाथि पहिलो चरणमा छलफल शुरु भएको हो । सो विधेयकका विभिन्न बुँदामाथि २३ सांसदले संशोधन दर्ता गराएका थिए ।  लगानी बोर्डमार्फत् पूर्वाधार विकासमा ठूला लगानी भित्र्याई द्रुत विकास तथा आर्थिक समृद्धि हासिल गर्न सरकारले सो विधेयक ल्याएको… पुरा पढौ

सिंगापुरमा बोइङ ७३७ म्याक्स उडान स्थगित

सिंगापुरको नागरिक उड्डयन एजेन्सीले आफ्नो देशको आकाशमा बोइङ ७३७ म्याक्सको उडानलाई निषेध गरेको छ । छ महिनाको अवधिभित्रै ७३७ म्याक्स मोडेलका दुईवटा विमान उड्नासाथ दुर्घटना भएपछि सिंगापुरले उक्त कदम चालेको जनाएको छ । यसै साता इथियोपियन एयरलाइन्सको ७३७ म्याक्स जहाज इथियोपियाको राजधानी आदिस अबाबाबाट उडेको केही मिनेटभित्रै दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनाबाट सबै १५७ जना यात्रु र चालक दलका सदस्यहरुको मृत्यु भएको थियो । इन्डोनेसियाको लायन एयरले सञ्चालन गरेको… पुरा पढौ

वाइड बडीको सम्बन्धमा छानबिन हुनुपर्छ :शेरबहादुर देउवा

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वाइड बडीको सम्बन्धमा छानबिन हुनुपर्ने बताएका छन्। नेपाल प्रेस युनियन कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री दउवाले एनसेलले राज्यलाई कर तिर्नुपर्ने बताएका छन् । सभापति देउवाले सरकारले सिके राउतसँग गरेको सम्झौताप्रति आपत्ति जनाए । फौजदारी संहिताका नाममा सरकारले प्रेसमाथि अङ्कुशलगाउन खोजेको सभापति देउवाको आरोप थियो । उनले प्रजातन्त्र र प्रेस स्वतन्त्रता एक अर्काका परिपुरक भएको धारणा राखे । वर्तमान सरकारले प्रभावकारी रुपमा काम… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं