लम्जुङ्ग,मनाङ्ग,मुस्ताङ्ग र कास्की जोडिएको बिश्मै परिचीत अन्नपुुर्ण पदमार्ग अन्तर्रगत मनाङ्ग जिल्लाको याकखर्कबाट थोरङ्गलापास हिजो फागुन २७ गतेबाट सुचारु भएको छ ।
करिब एक महिना सम्मको हिमपातका कारण बन्द रहेको थोरङ्गलापास २७ गतेबाट सुचारु गरिएको अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना ईलाका संरक्षण कार्यालय मनाङको चेक पोष्टबाट प्राकृतिक स्रोत संरक्षण सहायक नेत्रलाल महताराले बताए । हिमपातका कारण बन्द भएको थोरङ्गलापासमा हिजो २७ गते मात्र १० बिदेशी पर्यटकहरुले सफता पुर्बक थोरङ्गला पास गरेका छन ।
फागुन २७ गतेबाट थोरङ्गलापास गर्न सकिने भए पछि अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना ईलाका संरक्षण कार्यालय मनाङले सबैको लागी थोरङ्गलापासका लागी सुचना प्रकाशन गरी पुन खुल्ला गरेको हो । फागुन २८ गते मात्रै ३५ जना बिदेशि पर्यटकहरुले थोरङ्गलापासका लागी पास लिई थोरङ्गला पासका लागी सुईकृति लिई थोरङ्गलापास तर्फ हिडिसकेको अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना ईलाका संरक्षण कार्यालय मनाङको चेक पोष्टबाट प्राकृतिक स्रोत संरक्षण सहायक नेत्रलाल महताराले बताए ।
लगातारको हिमपातबाट बन्द रहेको अन्नपुर्ण पदमार्ग अन्तर्रगतको थोरङ्गलापास खुलाउनको लागी मनाङ्ग जिल्लाको उपर मनाङ्गमा रहेको अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना ईलाका संरक्षण कार्यालय मनाङको चेक पोष्टबाट फागुन २६ गते मनाङ्गको याकखर्क बाट मुस्ताङ्ग जिल्लाको मुक्तिनाथ सम्मको पदमार्ग खुलाउनको लागी मनाङ्गका स्थानियबासीहरु १६ जनाको एक टिम याकखर्क बाट थोरङ्गलापास हुदै मुक्तिनाथ सम्मको पैदल मार्ग खुलाए पछि पर्यटकहरुलाई थोरङ्गलापास गर्न सहज भएको महताराले बताए ।
एक महिना भन्दा बढी समय निरन्तर परेको हिमपातका कारण थोरङ्गलापास गर्नमा समस्या भए पछि अन्नपुर्ण पैदलमार्गमा आएका पर्यटकहरु मनाङ्गबाटै फर्कन बाध्य भएका थिए । हाल नेपाली पर्यटक बाहेक बिदेशि पर्यटकहरु दैनिक ८० देखि ९० जना सम्म मनाङ्गको सदरमुकाम चामे भित्रने गरेको प्रहरी नायब उपरिक्षक खडक बहादुर खत्रीले बताए ।





