समाचार

सांसद शान्ता चौधरी अस्पताल भर्ना

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक तथा संघीय सांसद शान्ता चौधरी अचानक बेहोस भएपछि अस्पतालमा भर्ना भएकी छन् ।  मंगलबार बिहान तुलसीपुरस्थित सरकारी वकीलको कार्यालय उद्घाटन कार्यक्रमलाई सम्वोधन गरेको केही समयपछि उनी बेहोस भएको जनाइएको छ । हाल उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको चौधरीका स्वकीय सचिव सन्तोष दहितले जानकारी दिएका छन् । दहितले भने, ‘अझैं रिपोर्ट आएको छैन, तर अहिले उहाँ बोल्न थाल्नु भएको छ ।’ सरकारी… पुरा पढौ

दाहालले भने,कास्की-२ को नेतृत्वका लागि विद्या सक्षम उम्मेद्वार, उपयुक्त निर्णय लिइन्छ’

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कास्की क्षेत्र नम्बर–२ को नेतृत्व लिन स्व. पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराई (अधिकारी) सक्षम र उपयुक्त उम्मेद्वार हुनसक्ने बताएका छन् । प्रेस संगठन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले विद्यालाई कास्की २ मा उम्मेद्वार बनाउन सकिने संकेत दिएका छन् । उनले पार्टीमा औपचारिक छलफल भएको नभए पनि पार्टीको स्थानीय संगठन र सबै सरोकारवालाको समन्वयमा उपयुक्त निर्णयले… पुरा पढौ

वैदेशिक रोजगारीलाई मर्यादित बनाउन सरकार लागि परेको छ : श्रममन्त्री विष्ट

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीलाई मर्या्दित र व्यवस्थित बनाउन सरकारले पर्याप्त सुधारको कामलाई अघि बढाएको दावी गरेका छन् । मन्त्री विष्टले युवाहरुलाई मुलुक भित्रै काम गर्ने वातावरण बनाउन सरकारले श्रमिकहरुको न्यूनतम पारिश्रमिक तोक्ने काम गरेको पनि स्पष्ट पारे । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले युवा जनशक्तिलाई विदेश पलायन हुन नपर्ने गरी सरकार देश भित्रै रोजगारीको अवसर सृजना गर्न लागि परेको पनि बताएका छन् । मन्त्री… पुरा पढौ

अफगानिस्तानमा भिडन्त एघार सुरक्षाकर्मीको मृत्यु

अफगानिस्तानको पश्चिमी प्रान्त बादघिसमा तालिबान लडाकू र सुरक्षा फौजबीच गएराति भएको भिडन्तमा कम्तीमा ११ सुरक्षाकर्मीको मृत्यु भएको छ । यस आक्रमण्मा परी अरु दर्जनौं प्रहरी घाइते भएको स्थानीय सञ्चार माध्यमले जनाएको छ । प्रान्तीय राजधानी कला–ए–नाउबाट उत्तरमा पर्ने यस इलाकामा सोमबार राति दर्जनौँ सङ्ख्यामा सशस्त्र तालिबान लडाकूहरु बन्दुक र भारी हातहतियारका साथ भीषण आक्रमण गरेको प्रान्तीय सरकारका प्रमुख जियाउला हक फिरोजले जानकारदिएका छन् । यद्यपी यस झडपमा परी कैयौं आतङ्ककारी… पुरा पढौ

डाक्टरले पेटबाट निकाले ३८ चीज

तमिलनाडुको चेन्नइमा डाक्टरले एक व्यक्तिको पेटबाट चाबी, सिक्का, सिमकार्ड, ब्लेड, पेन्सिल, शार्पनर, चुम्बक समेत ३८ चीज निकालेका छन् । सर्जरीमा करिब ४५ मिनेट लागेको बताइएको छ । डाक्टरहरुलाई आश्चर्य भयो कि पेटमा यति धेरै खतरनाक कुराहरु हुँदा पनि ५२ वर्षका जयकुमारलाई समस्या किन भएन ? डाक्टरहरुका अनुसार जयकुमार मानसिक रोगी हुन् ।  डाक्टरले सर्जरी नगरिएको भए उनको मृत्यु समेत हुन सक्ने बताएका छन् । जयकुमारको उमेर ख्याल गर्दै डाक्टरहरुले  उनको… पुरा पढौ

बन्दीपुरमा केबलकार सञ्चालन गर्न पूर्वाधार समेत निर्माण हुँदै

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा केबलकार निर्माण शुरु गरेको कम्पनीले अन्य पूर्वाधारसमेत निर्माण गर्ने भएको छ।  ‘पहाडकी रानी’ नामले परिचित बन्दीपुर घुम्न आउने पर्यटकलाई मनोरञ्जन र सुविधा प्रदान गर्ने उद्देश्यले कम्पनीले विविध पूर्वाधार निर्माणको योजना बनाएको हो। बन्दीपुर केबलकार प्रालिले निर्माण शुरु गरेको केबलकारको काम अहिले धमाधम अगाडि बढिरहेको छ।  केबलकारको साझेदारी कम्पनीमा आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन लिमिटेड, पञ्चासे केबलकार एण्ड टुर्स लिमिटेड, टुरिजम इन्भेष्टमेन्ट फण्ड, बन्दीपुर गाउँपालिका र स्थानीय समुदाय… पुरा पढौ

एउटै कार्य क्षेत्र भएका सहकारी संस्थाहरुलाई अनिवार्य रुपमा ‘मर्ज’ गर्ने सरकारको तयारी

सरकारले एउटै कार्य क्षेत्र भएका सहकारी संस्थाहरुलाई अनिवार्य रुपमा ‘मर्ज’ गर्ने तयारी गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले एउटै कार्य क्षेत्र भएका सहकारी संस्थाहरुलाई अनिवार्य रुपमा ‘मर्ज’ हुने गरी आवश्यक नियमावली बनाउन लागिएको जानकारी दिएका छन् । मंगलबार नेपाल सहकारी पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले एउटै विषय र क्षेत्रमा प्रतिष्पर्धा गरिरहेका सहकारी संस्थाहरुलाई पनि मर्ज हुने गरी नियमावली बनाउने… पुरा पढौ

अर्थमन्त्री खतिवडाको राजीनामाको माग गर्दै आन्दोलनको घोषणा

सेयर बजारका लगानीकर्ताहरुले अर्थमन्त्री युवराज खतिवडाको राजीनामाको माग गर्दै आन्दोलनको घोषणा गरेका छन् ।   पूँजी बजारको बिग्रो अवस्थालाई मध्ये नजरमा राखेर सरोकार पक्षहरुले ''सुधार र बिस्तारको लागि अर्थमन्त्री युवराज खतिवडाको बर्खास्ती'' मुख्य मागसहित आन्दोलनको घोषणा गरेका छन्।  २०७५ फागुन २७ गते शेयर लगानीकर्ता दबाब समूहले कडा र लामो आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । प्रेस बिज्ञप्ति जारी गदै पूँजी बजार सुधार तथा बिस्तारका लागि पटक पटक दिएको दबाब समेतलाई… पुरा पढौ

सिके राउतलाई जेल हाल्न तरुण दलको माग

नेपाल तरुण दलले स्वतन्त्र मधेस गठवन्धनका संयोजक डा. सिके राउतलाई जेल हाल्न सरकारसंग माग गरेको छ । खुलेआम राष्ट्र बिखण्डनको नारा लगाउने छुट कसैलाई नरहेको स्मरण गराउँदै तरुण दलले राउतलाई पक्राउ गर्न सरकारसंग माग गरेको हो । प्रेस युनियन चितवन शाखाले मंगलवार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै तरुण दलका महासचिव भुपेन्द्रजंग शाहिले बिखण्डनका कुरा गर्ने जो कोही कार्वाहीको भागीदार हुनुपर्ने बताए । शाहिले भने –‘चाहे सिके राउत होस, चाहे… पुरा पढौ

कमरेड कृष्णदास श्रेष्ठको श्रद्धाञ्जली सभा सम्पन्न

नेपाली कम्युनिस्ट आन्दोलनका पहिलो पिंढीका नेता, माक्र्सवादी सिद्धान्तका व्याख्याता, लेखक, अनुवादक कमरेड कृष्णदास श्रेष्ठको आज(२७ फागुन, २०७५) घट्टेकुलोस्थित इच्छुक साँस्कृतिक प्रतिष्ठानमा भव्य रुपमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिको आयोजनामा सम्पन्न भएको श्रद्धाञ्जली सभामा वक्ताहरुले कमरेड कृष्णदास श्रेष्ठको बहुआयामिक व्यक्तित्व, कम्युनिस्ट आन्दोलनमा गरेको योगदान र उनको मौलिक तथा अनुदित कृतिहरुका बारेमा चर्चा गरेका थिए । श्रद्धाञ्जली सभाको अध्यक्षता समेत गरेका नेकपा (क्रान्तिकारी माओवादी)का… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं