समाचार

अपहरणमा परेकी युवती नेपाल भारतको सिमानामा फेला

गएराति पत्रकार विन्दु चौहानकी अपहरणमा परेकी छोरी नेपाल भारतको सिमानामा आज बिहान फेला परेकी छन् । चौहानकी १८ वर्षीया अपाङ्गता भएकी छोरी ममता रातिदेखि हराएकी थिइन् । अपाङ्गता भएका कारण हिँड्न बोल्न नसक्ने उनलाई अज्ञात समूहले अपहरण गरी छाडेको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ ।  गएराति लुम्बिनी सांस्कृतिक नगरपालिका–१० आफ्नै निवासबाट अपहरणमा परेकी ममता लुम्बिनीको मोग्लाहादेखि एक किलोमिटरको दुरीमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख हृदय थापाले जानकारी दिए ।… पुरा पढौ

समाजवादको बाटोमा अघि बढौँ : घनश्याम भुसाल

कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य घनश्याम भुसालले संविधानको प्रस्तावना, नीति निर्देशक सिद्धान्तका आधारमा टेकेर समाजवाद निर्माण गर्न सकिने बताएका छन्। समृद्धि सरोकार केन्द्रले मङ्गलबार बुटवलमा आयोजना गरेको समाजवादको पूर्वाधार र हाम्रो दायित्व विषयक अन्तरक्रियामा उनले विभेद समाप्त पार्दै समन्यायिक समाज बनाएर अगाडि बढ्नुपर्ने बताए। उनले भने, “नेपाली समाज सहिष्णुपूर्ण छ, निकारागुवा, ब्राजिल, क्युवा, सोभियत सङ्घका अनुभवहरु सिक्दै अगाडि बढ्नुपर्छ।” सहकारीलाई उद्यमसँग जोड्ने नीति बनाएर उत्पादनको क्षेत्रमा लगानी गर्न जरुरी रहेको… पुरा पढौ

अर्गानिक खाद्यबस्तु उत्पादन गर्नुपर्नेमा केपी ओलीको जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले अर्गानिक खाद्यबस्तु उत्पादन गर्नुपर्नेमा जोड दिएका छन्। प्रधानमन्त्री ओलीले सहकारिताको माध्यामबाट स्वस्थ खाद्यान्न उत्पादन गरेर कृषिमा  आधुनिकीकरण गर्ने सरकारको योजना रहेको पनि स्पष्ट पारे। मंगलबार राष्ट्रिय सहकारी दिवसको अवसर पारेर आयोजित एक कार्यक्रममा बोल्दै उनले मुला, लौका, सुन्तलालगायतका खाद्यन्नहरुलाई पागल बनाएर खुवाउँदा अनेकौं रोग लाग्ने गरेको उल्लेख गर्दै त्यसलाई तत्काल रोक्ने गरी खाद्यन्नहरुको उत्पादनमा लाग्न पनि सहकारी संस्थाहरुलाई आग्रह गरे। कल्चरको नाममा उमेर नपुगी उत्पादन हुने… पुरा पढौ

ठेकेदारको लापरबाहीले कर्णाली किनारको ३ सय बिघा वन बग्यो

हाइग्रिभा–सिद्धी शाही प्रकाश जेभी सामाखुशी काठमाडौँले कर्णाली नदीमा तटबन्धको ठेक्का लिई काम नगरेकाले कारवाही गर्न स्थानीयवासीले माग गरेका छन् । समयमा काम पूरा नगर्दा सत्ती कर्णाली सामुदायिक वन क्षेत्र कटान भएको छ भने लाखौँ मूल्यको वेतको जङ्गल बगिसकेको छ । रानीजमरा कुलरिया सिँचाइ आयोजनाबाट विसं २०७२ चैतमा एक हजार ७०० मिटर तटबन्धको काम पाएको जेभीले तीन वर्षसम्म करीब ६०० मिटर काम पनि पूरा गरेको छैन । “समयमै तटबन्ध गरेको भए… पुरा पढौ

खाद्य अनुसन्धान अधिकृतविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय बाँकेका खाद्य अनुसन्धान अधिकृत विनोदकुमार श्रीवास्तवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। भन्सारबाट आयात हुने चामललगायत खाद्य पदार्थको कानूनबमोजिम परीक्षण गर्दा लाग्ने दस्तुर बुझाएर प्रज्ञापनपत्र बनाइदिने बहानामा रु ३५ हजार घुस लिएको अभियोग लागेको छ। सेवाग्राहीलाई सहज रुपमा भन्सार सुविधा मिलाइदिने भन्दै घुस लिने श्रीवास्तवलाई आयोगको टोलीले घुस रकमसहित केही दिनपहिले पक्राउ गरेको थियो। आयोगका सहायक प्रवक्ता मदन कोइरालाका अनुसार… पुरा पढौ

प्लाष्टिकबाट इन्धन निकाल्ने प्रविधिलाई थप प्रभावकारी बनाउन निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले तीव्र विकास र आर्थिक समृद्धिका लागि विज्ञान र प्रविधिको भरपूर उपयोग गर्न नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) लाई निर्देशन दिएका छन् । नाष्टका कुलपतिसमेत भएका प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा नाष्टको ४२ औँ प्राज्ञ बैठकलाई सम्बोधन गर्दै नाष्टले विज्ञान र प्रविधिको माध्यमबाट नयाँ ढङ्गबाट अनुसन्धान र आविष्कार गरी उद्यमशीलताको विकास गरिनुपर्नेमा जोड दिए । “विकास र समृद्धिका लागि नाष्टले नयाँ ढङ्गले काम… पुरा पढौ

धुर्मुसले बाडे ४ सय परिवारलाई राहत सामाग्री

आइतबार बारा र पर्सामा आएको हावाहुरीमा परी २७ जनाको ज्यान गएको छ भने ४ सय भन्दा बढि घाईते भएका छन् । प्राकृतिक विपतसंगै प्रदेश सरकार र संघिय सरकारले उद्धार तथा राहतको पहल चाल्यो । हावाहुरीकै कारण सयौँ मानिसहरु घरबारबिहिन भएका छन् । यस विपतमा अधिकांश मानिसहरु उद्धार र राहतका लागि अगाडी आएका छन् । यसबीचमा चर्चित अभियन्ता सीताराम कट्टेल  राहत बोकेर  प्रभावित क्षेत्रमा पुगेका छन् । धुर्मुस-सुन्तली फाउण्डेशनले पीडितहरुका लागि… पुरा पढौ

बारामा अनेरास्ववियुले बनाइदियो अस्थायी टहरा

आइतबार साँझको आँधी–हुरीबाट प्रभावित बनेका बाराका पीडितका लागि सत्तारूढ दल नेकपा निकट विद्यार्थी संगठनले अस्थायी टहरा बनाइदिएका छन् । बिनासकारी भूमरीले क्षति पुर्याएको फेटा गाउँपालिकाको भरवलियामा १५ वटा अस्थायी टहरा निर्माण गरेको अनेरास्ववियुकी सचिव आरती लामाले बताइन् । आइतबारको बिनासकारी आँधीले फेटा गाउँपालिकामा मात्रै २० को ज्यान गएको थियो । आँधीपीडित ठाउँमा अहिले गाँस र बासको समस्या रहेको लामाको भनाइ छ । आँधीले भत्काएका भग्नावशेष पन्छाउन नसक्दा पीडितहरूलाई बासको अभाव… पुरा पढौ

डा.केसी हावाहुरी प्रभावितको उपचार गर्न बारा

डा. गोविन्द केसी दैवी प्रकोप तथा विपत्तीमा परेका बिरामीलाई उपचार गर्न हावाहुरी प्रभावित बारा जिल्ला पुगेका छन्। विगतका विपत्तीमा जस्तै डा. केसी स्वविवेकले हावाहुरीबाट घाइतेहरूको उपचार गर्न बाराको फेटास्थित पुरनियाँ गाउँ पुगेका छन्। उनले आफुसँग उपलब्ध स्रोत साधनका आधारमा त्यहाँ स्वास्थ्य शिविर चलाउने छन्। उपलब्ध लत्ताकपडा र खाद्यान्न वितरण गर्नेछन्। केसी रात्री बस चढेर एक्लै मंगलबार बारा पुगेका छन् । उनले विभिन्न प्रकारको औषधी बोकेका छन्। फेटा बाराको सबैभन्दा बढी हावाहुरी… पुरा पढौ

राष्ट्रिय जनमुक्ति पार्टी र लोक जनशक्ति पार्टीबीच एकता

राष्ट्रिय जनमुक्ति पार्टी र लोक जनशक्ति पार्टीबीच एकता भएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै दुवै पार्टीबीच एकता भएको घोषणा गरिएको हो। एकतासँगै पार्टीको नाम राष्ट्रिय जनमुक्ति पार्टी नै रहनेछ। पार्टीको अध्यक्ष केपी पालुङवा रहनेछन्। अध्यक्ष पालुङवाले आफूहरु मुलुकको तेस्रो धार भएको भन्दै आगामी दिनमा विचार मिल्ने दलहरुसँग एकता गर्ने जनाए। उनले भने,‘विचार मिल्नेहरुसँग एकता गर्दै मुलुकको पहिलो शक्ति बन्ने हाम्रो योजना छ ।’ मुलुकमा व्यवस्था परिवर्तन… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं