प्रधानमन्त्री केपी शर्मा ओलीले अर्गानिक खाद्यबस्तु उत्पादन गर्नुपर्नेमा जोड दिएका छन्।
प्रधानमन्त्री ओलीले सहकारिताको माध्यामबाट स्वस्थ खाद्यान्न उत्पादन गरेर कृषिमा आधुनिकीकरण गर्ने सरकारको योजना रहेको पनि स्पष्ट पारे।
मंगलबार राष्ट्रिय सहकारी दिवसको अवसर पारेर आयोजित एक कार्यक्रममा बोल्दै उनले मुला, लौका, सुन्तलालगायतका खाद्यन्नहरुलाई पागल बनाएर खुवाउँदा अनेकौं रोग लाग्ने गरेको उल्लेख गर्दै त्यसलाई तत्काल रोक्ने गरी खाद्यन्नहरुको उत्पादनमा लाग्न पनि सहकारी संस्थाहरुलाई आग्रह गरे।
कल्चरको नाममा उमेर नपुगी उत्पादन हुने खाद्यान्नले मानव स्वास्थ्यलाई प्रतिकूल असर परेकाले त्यस्ता बस्तुको उत्पादन तत्काल रोकेर स्वस्थ खाद्यान्न उत्पादनमा जोड दिनुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ।
प्रधानमन्त्री ओलीले स्वच्छ खाद्य बस्तु उत्पादन हुने गरी सरकारले कृषिमा आधुनिकीकरण गर्न चाहेको पनि स्पष्ट पारे।






