प्रधानमन्त्री केपी शर्मा ओली सोमबारका सबै कार्यक्रम स्थगित गरेर हावाहुरी प्रभावित जिल्ला जाने भएका छन् ।
विभिन्न कार्यक्रममा सहभागी हुन झापामा रहेका प्रधानमन्त्री ओली सोमबारका लागि निर्धारित कार्यक्रम स्थगित गरी बारा जान लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री ओली बिहान साढे १० बजेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत भद्रपुरबाट बारा जाने भएका छन् । घटनास्थलको अवलोकनका साथै प्रधानमन्त्री ओलीले घाइतेको उद्धार र उपचारमा कुनै कमी हुन नदिन निर्देशन समेत दिने छन् ।






