हावाहुरीबाट भएको क्षतिप्रति नेपाली कांग्रेसद्वारा दुःख व्यक्त

आइतबार साँझ बर्षासँगै आएको हावाहुरीका कारण बारा तथा पर्सा जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति नेपाली कांग्रेसले दुःख ब्यक्त गरेको छ।

नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण काँडले एक विज्ञप्ती जारी गर्दै बारा र पर्सा लगायत तराईका केही स्थानहरुमा अकस्मात आएको असिनापानी सहितको विनाशकारी आँधिहुरीले गर्दा  भएको जनधनको क्षति प्रति नेपाली कांग्रेस संसदीय दल गहिरो दुःख व्यक्त गर्दछ । विज्ञप्तीमा भनिएको छ।

यस्तो विपद्को घडीमा नेपाली कांग्रेससँग सम्बद्ध सबै भातृसंस्था एवं शुभेच्छुक संस्थाका नेता कार्यकर्ताहरुलाई उद्दार एवं राहत कार्यमा जुट्न पनि निर्देशन आग्रह गरेको छ। 

यस्तो छ नेपाली कांग्रेस संसदीय दलको विज्ञप्ती 

हार्दिक अपिल

मिति २०७५ चैत्र १७ गते आइतबारका दिन साँझ बारा र पर्सा लगायत तराईका केही स्थानहरुमा अकस्मात आएको असिनापानी सहितको विनाशकारी आँधिहुरीको कारणले गर्दा  भएको जनधनको क्षति प्रति नेपाली कांग्रेस संसदीय दल गहिरो दुःख व्यक्त गर्दछ। घाइतेहरुको उद्दार, उपचार तथा राहत कार्यमा तीव्रता दिन र विस्थापित हुन गएका परिवारहरुको पुनस्र्थापनका लागि नेपाल सरकारसँग आग्रह गर्दछौं। 

यस प्राकृतिक प्रकोपमा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै ज्यान गुमाएकाहरु प्रति हार्दिक श्रद्धाञ्जली अपर्णका साथै शोक सन्तप्त परिवारजन तथा आफन्तजन प्रति गहिरो समवेदना प्रकट गर्दछौं। विपतको यस घडीमा नेपाली कांग्रेससँग सम्बद्ध सबै भातृ एवं शुभेच्छुक संस्थाका नेता कार्यकर्ताहरुलाई उद्दार एवं राहत कार्यमा सकृयतापूर्वक जुट्न हार्दिक अपिल गर्दछौं।  

जय नेपाल !

बालकृष्ण खाण
प्रमुख सचेतक