बारामा फेरी हावाहुरी र असिना पानी

बारा । बारामा मंगलबार बिहान फेरि हावाहुरी र असिना पानी आएको छ ।

हावाहुरी सँगै आएको असिना पानीले केही ठाउँमा बिजुलीका पोल ढलेका छन् भने केही स्थानमा घरका छाना उडाएको छ ।

गतसाताको हावाहुरीबाट घर भत्किएर त्रिपालमा बसेका परिवार आजको हावाहुरीपछि फेरी त्रसित बेनका छन् । त्रिपालमा बसेका हावाहुरी पिडित अहिले झन् समस्यामा परेका छन् ।

बिहान ८ देखि करिब ९ बजेसम्म हावाहुरी , अशिनापानी परेपछि विद्युतीय पोल ढल्दा साढे ८ बजेदेखि विद्युत अवरुद्ध भएको छ । प्रहरीले अहिलेसम्म कुनै मानविय क्षति नभएको बताएको छ ।

गत आइतबार साँझ बारा र पर्सामा आएको हावाहुरीबाट बारामा २७ जनाको मृत्यु भएको थियो भने ६ सयभन्दा बढी घाइते भएका थिए ।