विप्लवका एक कार्यकर्ता

 प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका एक कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले नेकपा विप्लव निकट भीमदत्त नगरका इन्चार्ज रधुबीर जोशीलाई सोमबार साँझ पक्राउ गरेको हो । 

विप्लव भीमदत्त नगरका इन्चार्ज जोशीलाई भीमदत्त नगरपालिका ९ बाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कञ्चनपुर ल्याइएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता ज्ञानबहादुर विष्टले अनुसन्धानका लागि विप्लवका कार्यकर्ता जोशीलाई नियन्त्रणमा लिएको जानकारी दिए ।

प्रवक्ता विष्टका अनुसार उनीमाथि अनुसन्धान भइरहेको छ । नेकपा कञ्चनपुरले जोशीलाई छिमेकी गाउँलेको काममा रहेका बेला पक्राउ गरेको जनाएको छ । नेकपा कञ्चनपुरले जोशीलाई रिहा गर्न माग गरेको छ ।