बारपाकमा बैशाख १२ गते सार्वजनिक बिदा

आगामी वैशाख १२ गते गोरखा भूकम्पको चार वर्ष पुग्दै छ । गोरखा बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प दिवसको दिन सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा दिइएको छ । बारपाक सुलिकोट गाउँपालिकामा पर्छ ।

सुलिकोट गाउँपालिकाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सो दिन गाउँपालिकास्थित सरकारी एवं सार्वजनिक कार्यालय र शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको छ । गोरखा भूकम्पको स्मृति दिवसका रूपमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो ।

सो भूकम्पबाट सुलिकोट गाउँपालिका १ सय ३९ जनाको मृत्यु भएको थियो । चैत २३ गते बसेको गाउँ कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो ।