समाचार

अफगानिस्तानको झडपमा आठ प्रहरीसहित १५ जनाको मृत्यु

अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको चाद्र्रा जिल्लामा तालिबानी लडाकू र प्रहरीबीच भएको एक झडपमा परी १५ जनाको मृत्यु भएको छ । यस भिडन्तमा आठ जना प्रहरी र सात जना तालिबानीको मृत्यु भएको प्रहरीले जनाएको छ ।  चाद्र्रा जिल्लाको सदरमुकाम नजिकै रहेको प्रहरी जाँच चौकीमा तालिबान समूहले बिहीबार बिहान सबेरै गरेको आक्रमणपछि दोहोरो गोली हानाहान भएको प्रहरी अधिकारी अब्दुल हाजी जमालले बताए । यस झडपमा कम्तीमा दश सुुरक्षाकर्मी र छ जना विद्रोही… पुरा पढौ

बँदेलको आक्रमणबाट महोत्तरीमा ९ जना घाइते

महोत्तरीको बर्दिवास नगरपालिका–९ पशुपतिनगरमा जंगली बँदेलको आक्रमणबाट ९ जना घाइते भएका छन् । ४ जनाको अवस्था गम्भीर छन् । गम्भीर घाइते हुनेहरुमा बर्दिबास नगरपालिका–९ पशुपतिनगरका ३० वर्षीय घुरनीदेवी महतो, कालाबत्ति देवी महतो, १९ वर्षीय सुवास आले र श्रवण महतो रहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । गम्भीर घाइते घुरनीदेवी महतोलाई उपचारको लागि जनकपुर अञ्चल अस्पताल लगिएकोमा थप उपचारका लागि धरान रेफर गरेको घाइतेका आफन्तले जानकारी दिएका छन् । सामान्य… पुरा पढौ

सरकारी डाक्टरको आन्दोलन २ दिनमा टुंगिन्छ : मन्त्री बास्कोटा

सरकारले आन्दोलनरत चिकित्सकहरुलाई काममा फर्किन आग्रह गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारले जायज माग पूरा गर्ने भन्दै एक दुई दिनमा समस्या समाधान हुने दावी गरे । ‘उहाँहरुलाई हामी फेरि पनि अनुरोध गर्दछौं, काममा फर्किनुस् । जायज समस्या समाधान गर्न सरकार तयार छ’,उनले भने, ‘उहाँहरु सहमतिको निकट हुनुहुन्छ । यो विषय एक दुई दिन चल्छ त्यसपछि टुङ्गिन्छ ।’ खटाएको ठाउँमा गएर सेवा गर्न आन्दोलनरत… पुरा पढौ

अन्तराष्ट्रिय मिडिया सम्मेलन’ सुरु

काठमाडौंमा ‘अन्तराष्ट्रिय मिडिया सम्मेलन’ सुरु भएको छ। नेपाली मिडियाको आगामी १० वर्षको भावी योजना तय गर्ने उद्देश्यका साथ बिहीबारबाट काठमाडौंको भृकुटीमण्डपमा अन्तराष्ट्रिय मिडिया सम्मेलन सुरु गरिएको हो। भारत, बंगलादेश, पाकिस्तानलगायत विभिन्न देशका मिडियाकर्मीहरु समेतको सहभागिता रहेको सम्मेलनमा नेपाली मिडियाको विकासका लागि आवश्यक अन्तराष्ट्रिय अनुभवको समेत आदानप्रदानका लागि विस्तृत छलफल हुने कार्यक्रम पनि तय गरिएको एकेडेमी अफ मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टका कार्यकारी निर्देशक डम्बर साहूले जानकारी दिए। नेपाल पत्रकार महासंघ, मिडिया… पुरा पढौ

मुस्ताङको जोमसोम ल्याईएको ८ बोरा अयोग्य बोईलर कुखुराको मासु नष्ट

काठमान्डौंबाट मुस्ताङको जोमसोममा ल्याईएको खान अयोग्य ८ बोरा (३ सय २० केजी) बोईलर कुखुराको मासु बिहिबार जफत गरी नष्ट गरिएको छ । बसबाट अनलोड गर्ने क्रममा ल्याईएको धादिङ फ्रेस हाउँसको बोरामा प्याकेजिङ बोईलर मासु प्रहरीसहितको टोलीले नियन्त्रणमा लिएको हो । मुस्ताङ आउने यात्रुबाहक बसको छतमाथि सेतो पातलो बोरामा उक्त कुखुराको मासु ल्याईएको थियो ।४० केजीका हिसाबले असुरक्षित प्याकेजिङ गरिएको उक्त बोईलर मासु ८ वटा बोरा भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले… पुरा पढौ

सप्तकोसी र नारायणी नदीमा नदीजन्‍य मनोरञ्‍जन सुरु हुँदैँ

सिंगापुर तथा थाइल्याण्डमा जस्तै नेपालमा पनि पहिलोपटक दुई नदीबाट रिभर फन अर्थात् नदीजन्य मनोरञ्‍जन सुरु हुने भएको छ। सप्तकोसी र नारायणी नदीमा यही आउँदो वैशाख १ गतेबाट रंगमहल रिर्भर ल्याण्ड प्राइभेट लिमिटेड उदयपुरले तीन प्रकारका बोट सञ्चालनमा ल्याएर रिभर फन सुरु गर्ने भएको हो। नेपालमा पनि जल पर्यटनको सम्भावना देखाउन दुई नदीमा एकसाथ रिभर फन सञ्चालनमा ल्याउन लागेको नव पर्यटन व्यवासायी तथा रङ्गमहल रिभर ल्याण्डका अध्यक्ष रमण भट्टराईले जानकारी दिए।… पुरा पढौ

जनगणनामा शिक्षकलाई नखटाउन सांसदको सुझाव

२०७८ सालमा हुने राष्ट्रिय जनगणनाका लागि ५ अर्ब खर्च हुने आँकलन गरिएको छ । केन्द्रिय तथ्याङक विभागका अनुसार ५० हजार कर्मचारीहरु जनगणनामा खटाइनेछन् । देश संघीय प्रणालीमा गएपछि पहिलोपटक हुने जनगणनाको तयारीका बिषयमा बुझ्न बुधबार प्रतिनिधिसभा अर्थ समितिले विभागका महानिर्देशक सुमनराज अर्याललाई बोलाएको थियो । छलफलका क्रममा अर्यालले प्रदेश, जिल्ला र स्थानीय तह समन्वय समिति बनाएर दुई वर्षपछि जनगणना गरिने बताए । उनले जनगणनाको तयारी चालु आर्थिक वर्षदेखि नै सुरु… पुरा पढौ

छिमेकीको हत्या आरोपमा १ युवक पक्राउ

चिर्पट प्रहार गरी छिमेकीको हत्या गरेको आरोपमा प्रहरीले सिरहाको गोलबजार नगरपालिका–११ बल्कवाका एक युवकलाई पक्राउ गरेको छ । सामान्य भनाभन तथा बादविवादमा चिर्पट प्रहार गरी छिमेकी ५० वर्षीय राम अवतार सदाको हत्या गरेको आरोपमा प्रहरीले स्थानीय २० वर्षीय गोविन्द सदालाई पक्राउ गरेको हो । टाउकोमा चिर्पट प्रहार गर्दा घाइते भएका रामअवतारको उपचारका क्रममा बुधबार विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो । घटना अनुसन्धानबाट रामअवतारको हत्यामा गोविन्द संलग्न भएको पाइएपछि पक्राउ… पुरा पढौ

पोखराका संगीतकर्मी थुलुङको स्कुटर दुर्घटनामा परी निधन

स्कुटर दुर्घटनामा परी पोखराका संगीतकर्मी श्रीमान् थुलुङ राईको ज्यान गएको छ ।  हिजो बुधबार राति साढे ९ बजेतिर पोखरा १२ शितलादेवीमा थुलुङ सवार ग१२प ६७९ नम्बरको स्कुटर पर्खालको रेलिङमा ठक्कर खाँदा दुर्घटना भएको हो। स्कुटर दुर्घटनापछि नहरकुलोमा परेका थुलुङ ठूलो पानी भेलको नहरमा परेर साढे १० बजेतिर दुईकुलाको मुहानमा भेटिएका थिए।  भेटिनासाथ उपचारका लागि क्षेत्रिय अस्पताल पोखरा पुर्याइएको भएपनि उनलाई तत्काल अस्पतालका डाक्टरहरुले मृत घोषणा गरेका थिए।  थुलुङको आजै धार्मिक परम्परा… पुरा पढौ

एयरपोर्टका कर्मचारीलाई तालिम दिनुपर्छ : केपी ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालप्रति पर्यटकको सकारात्मक दृष्टिकोण बनाउन विमानस्थलका कर्मचारीको व्यवहारमा सुधार ल्याउनुपर्ने बताएका छन् । नेपाल भ्रमण वर्ष २०२० मूल आयोजक समितिको तेस्रो बैठकलाई बुधबार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विमानस्थलका कर्मचारीलाई दम्भ नदेखाउन आग्रह गरे । विमानस्थलका कर्मचारीले विदेशी पर्यटकलाई अनावश्यक सोधखोज गर्ने, नियम कानुन भन्दा बाहिर गएर व्यबहार गर्ने गर्दा पर्यटकहरुले नेपालप्रतिको सोचाइ सकारात्मक बनाउन नसक्ने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘सबभन्दा पहिला एयरपोर्टका अधिकृतहरुलाई तालिम… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं