पाकिस्तानकाे बलुचिस्तान प्रान्तकाे राजधानी क्वेटाकाे हजारगंज क्षेत्रमा बम विस्फाेट भएकाे छ । विस्फाेटमा परी १६ जनाकाे मृत्यु भएकाे छ ।
स्थानिय प्रहरीका अनुसार शुक्रबार बिहान करिब ८ बजे हजारगंजकाे तरकारी बजारमा विस्फाेट भएकाे थियाे ।
घाइतेकाे संख्या यकिन गर्न सकिएकाे छैन । उनीहरुलाई उपचारका लागि अस्पताल लगिएकाे छ । उक्त क्षेत्रमा अहिले प्रहरीले सुरक्षा व्यवस्था कडा पारेकाे छ ।






