समाचार

ज्योति लाईफले दियो बिमकको घरमै पुगेर मृत्युदाबी भुक्तानी

ज्योति लाईफ इन्स्योरेन्सले मृत्युुदाबी भुक्तानी दिएको छ। पोखरा २२ पुम्दीकी सरस्वती ढकाल बरालको निधन भएकोमा समवेदना व्यक्त गर्दै उनकै घरमा पुगेर मृत्युदाबी भुक्तानी गरेको हो । कम्पनीका क्षेत्रीय निर्देशक रामजी बराल र वडाध्यक्ष मित्रलाल बरालले संयुक्त रुपमा १५ लाख ३७ हजार ५ सय रुपैयाँको चेक हस्तान्तरण गरे । सरस्वतीले २०७५ वैशाखमा १५ लाख बराबरको ज्योति अग्रिम भुक्तानी जीवन बिमा गरेकी थिइन् । उनको सामान्य अवस्थामा मृत्यु भएकोले बिमांक बराबरको रकम… पुरा पढौ

किराँतीले साटे नयाँ वर्षको शुभकामना

किराँत सेवा समाज कास्कीद्धारा प्रकाशित २०७६ सालको क्यालेण्डरको एक समारोहका बीच विमोचन भएको छ । किराँत सेवा समाज कास्कीको भवनमा आयोजित कार्यक्रममा संस्थाका वरिष्ठ संरक्षक डाक्टर लक्ष्मीप्रसाद राईले क्यालेण्डर विमोचन गर्दै किराँत सेवा समाजले नाम जस्तै काम गर्न सफल भएको वताए । किराँत सेवा समाज कास्कीले कास्कीमा रहेका किराँतीहरुलाई दुखः आफ्ठेरो परेको वेलामा सहयोग गरी आफ्नो समुदायमा लक्षित रही सामाजिक काम गरेकोमा धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा पनि त्यस्ता कामलाई… पुरा पढौ

युनाइटेडले मनायो नयाँ तरिकाले नयाँ वर्ष

पोखराको युनाइटेड क्लबले आर्थिक अभावमा उपचारमा समस्या भएका बिरामीलाई सहयोग गरी नयाँ वर्ष मनाएको छ । क्लबले ९ औं वार्षिकोत्सवको अवसरमा मणिपाल हस्पिटलमा उपचाररत बाग्लुङ जैमिनी नगरपालिका १० राङखानीका ५१ वर्षिय मिमबहादुर श्रीषलाई नगद २० हजार प्रदान गरेको हो । १ महिनादेखि छालाको दुर्लभ रोग पेमफिगस भल्गारिसबाट पीडित श्रीषलाई आर्थिक अभाव भएपछि क्लबले सामाजिक काम स्वास्थ्य क्षेत्र अन्तर्गत नगद सहयोग गरेको अध्यक्ष लालकाजी गुरुङले वताए । गुरुङसहित क्लबका पदाधिकारीले श्रीषलाई… पुरा पढौ

पोखरामा बागलुङेबीच शुभकामना साटासाट

पोखरामा रहेका बागलुङेले आइतबार जमघट गरी शुभकामना आदानप्रदान गरेका छन् । नयाँ साल २०७६ को पहिलो दिन वागलुङ समाज पोखराले आयोजना गरेको कार्यक्रममा शुभकामना साटासाटसहित उनीहरुले आफ्ना साझा समस्याबारे पनि छलफल गरे । कार्यक्रममा प्रदेश सभा सदस्य चन्द्रबहादुर बुढा सागरले वागलुङको विकासमा सबैको एकीकृत प्रयास आवश्यक भएको बताए । अर्का प्रदेश सभा सदस्य इन्द्रलाल सापकोटाले समृद्धिका लागि पूर्वाधार बनिरहेकाले निराश हुनुपर्ने अवस्था नरहेको बताए । अध्यक्ष कुलचन्द्र शर्माको अध्यक्षतामा भएको… पुरा पढौ

उत्तरी कोरलानाकालाई विश्वकै नम्बर वान भू–बन्दरगाह बनाउन सांसद बिष्टको सुझाव

गण्डकी प्रदेशका सांसद ईन्द्रधारा बिष्टले उत्तरी कोरलानाकालाई विश्वकै नम्बर वान भू–बन्दगाहको रुपमा बिकास गरिनुपर्ने सुझाएका छन् ।नयाँ वर्ष २०७६ सालको उपलक्ष्यमा उनले आफ्नो फेसबुकवालमा यस्तो लेखेका हुन् । ०७५ सालको उत्तराद्धमा सरकारका केही निर्णयले आशाको संञ्चार जगाएको उल्लेख गर्दै सांसद बिष्टले यसका लागि राज्यका तीन तहका सरकारले चाँसो दिनुपर्ने बताए ।उनले बहुचर्चित कोरलानाकामा प्रधानमन्त्री केपी शर्मा ओली र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको समेत अवलोकन भईसकेको उल्लेख गर्दै गर्दै अब… पुरा पढौ

गण्डकी प्रदेशको ‘पूर्वाधार’आयोजना कछुवाको गति ।

प्रदेश सरकारको नीति तथा योजना आयोगद्धारा बिनियोजित आर्थिक वर्ष ०७५÷०७६ अन्तर्गत मुस्ताङका अधिकाँश आयोजनाको जगनै थालनी हुन सकेन ।चालु आर्थिक वर्ष सकिन केही महिना रहेपनि आयोजनाको कुनै कामहरु सुरुआत गर्ने लक्षण देखिएको छैन ।तर,प्रदेशका मन्त्री तथा कर्मचारीहरु जिल्ला जिलमा पुगेर अनुगमन गर्न थालेका छन् । हिमाली जिल्ला मुस्ताङको पुर्वाधार बिकास आयोजनामा २० प्रतिशत पनि गति लिएको पाईदैन । यसवर्ष मुस्ताङमा ४ वटा मोटरेबल पुल,५ वटा ग्रामिण सडक बिस्तार,केही झोलुङे पुल,कृषि,सिचाई,स्वास्थ्य… पुरा पढौ

ओम शान्ति जोमसोमद्धारा नव वर्ष सुभ– कामना आदानप्रदान

ब्रम्हकुमारी राजयोग ओम शान्तिले आज नयाँ वर्ष सुभारम्भको अवसर पारेर एक सुभ–कामना आदानप्रदान कार्यक्रम आयोजना ग¥यो । जोमसोम स्थित ओम शान्ति आश्रममा भएको सुभ–कामना आदानप्रदान,स्नेहमिलन तथा सशवध्वजारोह कार्यक्रममा घरझोङ गाउँपालिकाका अध्यक्ष आशबहादुर थकाली,प्रमुख जिल्ला अधिकारी,सुरक्षा निकायका अगुवा,शिक्षक,कर्मचारी र ओम शान्तिमा आवद्ध सदस्य लगायतको उपस्थिती रह्यो ।कार्यक्रममा ओम शान्तिका कृष्ण मगरले मानव जिवन संम्वन्धि दर्शनको प्रवचन सुनाए । उनले नयाँ वर्षले समस्त मनुष्य जगतलाई सत्मार्गमा हिड्ने प्रेरणा मिलोस ,खराब आचरण र… पुरा पढौ

बर्दिया पोखरा समाजमा नयाँ वर्ष

बर्दिया पोखरा सम्पर्क मञ्च कास्कीको अयोजनामा शनिबार पोखरामा नयाँ बर्षको उपलक्ष्यमा शुभकामना आदान प्रदान एवं भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा शुभकामना दिँदै बर्दिया क्षेत्र नम्बर १ का संघीय सांसद एबं पूर्व सिंचाईमन्त्री सञ्जयकुमार गौतमले विकास निर्माणका काममा राजनीति भन्दा माथि उठेर सबैले सोच्नु पर्ने बताए । पर्यटकीय नगरी पोखरा र बर्दिया अलग पहिचान रहेका पर्यटकिय स्थल रहेको चर्चा गर्दै उनले बर्दिया पोखरा सम्पर्क समाजले दुई अलग पर्यटकीय… पुरा पढौ

सोसाईटी अफ ईन्जिनियरीङ्ग कन्सल्टेन्सी को तालिम सम्पन्न

सोसाईटी अफ ईन्जिनियरीङ्ग कन्सल्टेन्सी (SECON) ले मिति २०७५ चैत्र २७ देखि ३० गते सम्मको सात दिने SAP- 2000 तालिम पोखरा ईन्जिनियरीङ्ग कलेज फिर्केमा पोखरा ईन्जिनियरीङ्ग कलेजका प्रिन्सिपल ई. श्री लेख बहादुर गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ । चैत्र ३० गते शनिवार सम्पन्न उक्त तालिममा सोसाईटी अफ ईन्जिनियरीङ्ग कन्सल्टेन्सी (SECON) का पूर्व अध्यक्ष ई.शुरेस प्रसाद श्रेष्ठ, नेपाल भ्यालुयर्स एसोसियसन पोखरा च्याप्टरका अध्यक्ष ई. राजेन्द्र प्रजूले तालिमको महत्वबारे प्रकाश पार्दे तालिममा… पुरा पढौ

पोखरामा चितवनेबीच शुभकामना साटासाट

चितवनबाट विभिन्न पेशा, व्यवसाय र बसाई सराइका क्रममा पोखरा आई बसेकाहरुले आपसमा शुभकामना साटासाट गरेका छन् । कार्यक्रममा चितवन पोखरा सम्पर्क समाजको क्यालेण्डर विमोचन पनि भयो । शुक्रबार भएको कार्यक्रममा चितवन साहित्य संगम, माडी साहित्य परिवार तथा शारदा स्मृति प्रतिष्ठानका पूर्व अध्यक्ष श्री पोषराज पौडेलले समाजले सामाजिक उत्तरदायित्वका काम गर्ने तर्फ अगाडि बढ्नुपर्ने बताए । संस्थाका उपाध्यक्ष दिलीप पनेरु, पोखरा विश्वविद्यालय स्कूल अफ डेभलपमेण्ट एण्ड सोसल ईन्जिनियरीङ्गका निर्देशक डा. रामप्रसाद… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं