अन्नपूर्ण लायन्स क्लबमा प्रदीपकुमार

लायन्स क्लब अफ पोखरा अन्नपूर्णको बर्ष २०१९/०२० का लागि नयाँ कार्यसमिति चयन भएको छ । क्लबको अध्यक्षमा प्रदीप कुमार राजभण्डारी चयन भएका छन् ।

यसैगरी क्लबको प्रथम उपाध्यक्षमा डा.गोपीलाल श्रेष्ठ, द्वितीय उपाध्यक्षमा सूर्यप्रसाद बराल, तृतीय उपाध्यक्षमा विजय पौडेल, सचिवमा गणेश छवी, सहसचिवमा विष्णुकुमार गुरुङ र कोषाध्यक्षमा लेखराज हमाल चयन भएका छन् ।

यसैगरी क्लबको टेमरमा सुरेश गुरुङ, पिराओमा हुमबहादुर गुरुङ टेलट्वीष्टर सुमन थापा, क्लब एडमिनिस्ट्रेटरमा कृष्णप्रसाद श्रेष्ठ, सदस्यता निर्देशक रबिन्सन प्रजु, एलसीआइएफ कोअर्डिनेटरमा यदुनाथ अधिकारी छन् ।

यस्तै सर्भिस चेयर पर्सनमा रुद्र घले, मार्केटिङ चेयर पर्सन डम्बरसिं गुुुरुङ, निर्देशकहरुमा डा.बसन्त ताम्राकार, माइकल कर्माचार्य, दूधमान गरुङ, योगराज पौडेल, सुरेशबहादुर श्रेष्ठ, अर्जुन पोखरेल छन् भने सल्लाहकारमा आजाद श्रेष्ठ, कृष्ण राजभण्डारी, ध्रुव श्रेष्ठ, सोनाम साङ्पो, चिरन्जीवी द्वा, डा.प्रदीप घिमिरे, शान्तराज बतास, नारायण बाटाजु छन् ।

निर्वतमान अध्यक्ष अर्जुन पोखरेलको संयोजकमा निर्वाचन सम्पन्न भएको हो । क्लबका अध्यक्ष दिनेश तुलाचनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव विजय पौडेलले गरेका थिए ।