वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन

वरिष्ठ पत्रकार एवम् कामना न्युज पब्लिकेशनका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको निधन भएको छ ।

श्रेष्ठको उपचारको क्रममा राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा बुधवार निधन भएको हो । श्रेष्ठको पार्थिव शरीरलाई आज साढे १२ बजेदेखि भूगोलपार्कस्थित निवासमा राखिएको छ भने दिउँसो ३ दिने पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

केही महिनाअघि नाकको र मिर्गौलाको पत्थरीको शल्यक्रिया गरिएकोमा त्यस बेलासम्म उनको स्वास्थ्य स्थिति सामान्य रहे पनि मिर्गौलाको पत्थरीको शल्यक्रियापश्चात विभिन्न स्वास्थ्य समस्या बढेको थियो ।

श्रेष्ठ नेपालमा मनोरञ्जन पत्रकारिता शुरूआत गर्ने पहिलो पत्रकार हुन् । उनले चर्चित सिने म्यागजिन कामनाबाट नेपालमा सिने पत्रकारिताको सुरुवात गरेका थिए । उनकै नेतृत्वमा मासिक साधना र हाल राष्ट्रिय दैनिक समाचार पत्र दैनिक संचालनमा छन् ।