ज्योति लाईफ इन्स्योरेन्सले मृत्युुदाबी भुक्तानी दिएको छ। पोखरा २२ पुम्दीकी सरस्वती ढकाल बरालको निधन भएकोमा समवेदना व्यक्त गर्दै उनकै घरमा पुगेर मृत्युदाबी भुक्तानी गरेको हो ।
कम्पनीका क्षेत्रीय निर्देशक रामजी बराल र वडाध्यक्ष मित्रलाल बरालले संयुक्त रुपमा १५ लाख ३७ हजार ५ सय रुपैयाँको चेक हस्तान्तरण गरे ।
सरस्वतीले २०७५ वैशाखमा १५ लाख बराबरको ज्योति अग्रिम भुक्तानी जीवन बिमा गरेकी थिइन् । उनको सामान्य अवस्थामा मृत्यु भएकोले बिमांक बराबरको रकम प्रदान गरिएको हो । उनले छोरीको नाममा समेत १२ लाख ५० हजारको ज्योति सुनौलो बाल भबिस्य जीवन बिमा आफू प्रस्तावक बनेर गरेकाले उनको मृत्यु भएकाले २० वर्षसम्म बिमान्क रकमको बराबरको रकम १२ हजार ५ सय प्रत्येक महिना प्रदान गरिने कम्पनी का क्षेत्रीय निर्देशक बराल ले बताए ।
बिमक सरस्वतीले बिमा शुल्क बापत १ लाख ९२ हजार ८ सय ३५ मात्र बुझाएकी थिइन् । अब बिमा शुल्कसमेत मिनाहा भएको छ । सरस्वतीको अभिकर्ता अर्जुन बरालले बिमा गराएका थिए ।
कार्यक्रममा वडा अध्यक्ष बरालले जीवन बिमा अपरिहार्य भएको भन्दै जीवन बिमा सामाजिक सुरक्षाको अभिन्न पाटोसमेत रहेको बताए । अभिकर्ता अर्जुन बरालले आफू यस् कार्यबाट संतुष्ट रहेको बताए । कार्यक्रम मा क्षेत्रीय निर्देशक बरालले अन्य कम्पनीको तुलनामा ज्योति लाईफ कम्पनी उत्कृष्ट रहेको दाबी गरे ।






