पोखरामा बागलुङेबीच शुभकामना साटासाट

पोखरामा रहेका बागलुङेले आइतबार जमघट गरी शुभकामना आदानप्रदान गरेका छन् । नयाँ साल २०७६ को पहिलो दिन वागलुङ समाज पोखराले आयोजना गरेको कार्यक्रममा शुभकामना साटासाटसहित उनीहरुले आफ्ना साझा समस्याबारे पनि छलफल गरे ।

कार्यक्रममा प्रदेश सभा सदस्य चन्द्रबहादुर बुढा सागरले वागलुङको विकासमा सबैको एकीकृत प्रयास आवश्यक भएको बताए । अर्का प्रदेश सभा सदस्य इन्द्रलाल सापकोटाले समृद्धिका लागि पूर्वाधार बनिरहेकाले निराश हुनुपर्ने अवस्था नरहेको बताए ।

अध्यक्ष कुलचन्द्र शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सुनील पाण्डे, सचिव डिल्ली शर्मा र समारोहमा उपस्थित पूर्वअध्यक्षहरुले बोलेका थिए । कार्यक्रममा समाजको नयाँ वर्षको भित्तेपात्रो पनि सार्वजनिक गरिएको थियो ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित विद्युतीय कारोबार ऐन विपरीत अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।