पोखरामा चितवनेबीच शुभकामना साटासाट

चितवनबाट विभिन्न पेशा, व्यवसाय र बसाई सराइका क्रममा पोखरा आई बसेकाहरुले आपसमा शुभकामना साटासाट गरेका छन् । कार्यक्रममा चितवन पोखरा सम्पर्क समाजको क्यालेण्डर विमोचन पनि भयो । शुक्रबार भएको कार्यक्रममा चितवन साहित्य संगम, माडी साहित्य परिवार तथा शारदा स्मृति प्रतिष्ठानका पूर्व अध्यक्ष श्री पोषराज पौडेलले समाजले सामाजिक उत्तरदायित्वका काम गर्ने तर्फ अगाडि बढ्नुपर्ने बताए ।

संस्थाका उपाध्यक्ष दिलीप पनेरु, पोखरा विश्वविद्यालय स्कूल अफ डेभलपमेण्ट एण्ड सोसल ईन्जिनियरीङ्गका निर्देशक डा. रामप्रसाद अर्याल, क्षेत्रीय शिक्षा निर्देशनालयका पूर्व निर्देशक इन्द्रमणि ढकाल तथा पर्यटन वन उद्योग तथा वातावरण मन्त्रालयका उपसचिव दिवाकर पौडेल, ज्येष्ठ नागरिक नन्दलाल सापकोटा, मदिरा व्यवसायी संघका अध्यक्ष रुपनारायण भुजेल, क्राउन हिमालयन होटलका सञ्चालक अम्बिका अर्याल, दुर्गा बराल (पनेरु) लगायतले बोलेका थिए ।

समाजका अध्यक्ष शान्ता पुरीको अध्यक्षतामा भएको कार्यक्रम सचिव तारा सापकोटाले सञ्चालन गरेका थिए ।