मकवानपुरमा सवारी साधनमा आगजनी

आज बन्दको आन्दोलनकारीहरुले मकवानपुरका दुई स्थानमा दुईवटा गाडीमा आगजनी गरेका छन् ।

मकवानपुरको भिमफेदी गाउँपालिका वडानम्बर ९ गोलमोडमा हेटौंडाबाट तरकारी लोड गरेर पालुङ तर्फ जाँदै गरेको ना ४ ख ७९६० नम्बरको मिनि ट्रकलाई रोकेर पेट्रोल छकिएर आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवापनपुरका प्रहरी प्रबक्ता सागर बिक्रम राणाले जानकारी दिनुभयो ।

यसैगरी मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ४ सिमभन्ज्याङमा पालुङबाट हेटौंडा तर्फ आउँदै गरेको ना २ ख ९०९४ नम्बरको कुखुरा बोक्ने बोलेरो गाडीमा पनि पेट्रोल छकिएर आगजनी गरेको उहाँले बताउनुभयो । आगलागीबाट दुईवटै गाडी पुर्ण रुपमा क्षेति भएका छन् ।