मेलम्चीको समस्या चाँडै समाधान हुन्छ: मन्त्री मगर

खानेपानीमन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनाको समस्या समाधान चाँडै हुने बताएका छन् । उनले मेलम्चीको अवरुद्ध काम अघि बढाउन चाँडै समाधानको बाटो पहिल्याइने बताइन् ।

बिहीबार काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १४ औं वार्षिकोत्सव कार्यक्रममा उनले यस्तो बताएका हुन् । सोहि अवसरमा उनले मेलम्ची खानेपानी आयोजनाको उचित व्यवस्थापन हुनेगरी अन्य कामलाई अघि बढाउन पनि मातहतका निकायलाई सचेत गराइन् ।

काठमाडौं उपत्यकामा रहेका ढुंगेधारा, तलाउ, पोखरीहरुको संरक्षणको काममा जुटन पनि मातहतको निकायलाई कडा निर्देशन दिईकी हुन् ।

मन्त्री मगरले काठमाडौं उपत्यकामा खानेपानीको व्यवस्थापनको काममा खटिएका निकायहरुले त्यसको त्यसको सदुपयोग भए–नभएको विषयमा पनि विशेष निगरानी राख्नुपर्ने आवश्यकता पनि औंल्याइन् ।