
मोरङमा आज कुकर बम भनी नेपाली सेनाले डिस्पोज गर्दा कुकरमा बासी भात फेला परेको छ ।
बिहान मोरङको सुन्दरहरैचा नगरपालिका–७ स्थित बेलगाछीमा कुकर बम राखिएको फेला परेपछि सेनाले डिस्पोज गर्दा बासी भात फेला परेको हो ।
कुकरमा तार जडान गरेर बम जस्तै देखिने गरी राखिएको थियो । जसले गर्दा स्थानीयमा त्रास फैलाएको थियो ।
तर डिस्पोज गरिसकेपछि भात भेटिएपछि डिस्पोज टोली नै छक्क परेको थियो