समाचार

रिट परेपछि थासाङ केन्द्र बिवाद उत्कर्षमा ,३ वडाको संयुक्त बिरोध प्रर्दशन ।भिडियो रिपोर्टसहित

सर्वोच्च अदालतमा रिट परेपछि मुस्ताङको थाकसयक्षेत्र अवस्थित रहेको थासाङ गाउँपालिकाकेन्द्र बिवाद उत्कर्षमा पुगेको छ ।अदालतमा परेको रिटका कारण भवन निर्माण तथा अन्यकार्य अन्योल परेको भन्दै स्थानीय सरोकारवालाले शनिवार थासाङमा बृहत बिरोध प्रर्दशनसहित बिरोध सभा गरे । काठमान्डौ–थासाङ सरोकार मञ्चको संयोजन तथा थासाङ–संरक्षण मञ्च मुस्ताङको आयोजनामा भएको बिरोध प्रर्दशनमा थासाङ १,२ र ४ का स्थानीयले ऐक्येवद्धता जनाएका हुन् ।थासाङ गाउँपालिकाको नेतृत्वतहको गैरजिम्मेवार कार्यशैली र अनुत्तरदायी कदमले गाउँपालिकाको भवन निर्माण लगायत अन्य… पुरा पढौ

पत्रकार अश्विन दानीमाथि सुरक्षाकर्मीकोदुव्र्यवहार

पत्रकार अश्विन दानीलाई शनिबार बिहान दुदुव्र्यवहार भएको छ। पोखरा चिप्लेढुंगाको ट्रेडमल नजिक फेला परेको शंकास्पद वस्तु र आपपासको अवस्थाबारे रिपोर्टिङ गरिरहेका दानीमाथि दुव्र्यवहार भएको छ । शंकास्पद वस्तु डिस्पोज गर्ने तयारी गरिरहेको बेला अफिसियल पेजमार्फत प्रत्यक्ष प्रसारण गरिरहेका दानीलाई नेपाली सेनाका क्याप्टेन र नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक (सई) शुशील घिमिरेसहितका टोलीले हातपात र दुव्र्यवहार गरेको हो । गण्डकन्युज डटकमका संवाददाता दानी अनलाइनको फेसबुक पेजबाट लाइभ गर्दै थिए । पत्रकार… पुरा पढौ

होण्डाको निःशुल्क सर्भिस क्याम्प

ग्राहकको सेवा सुविधालाई मध्यनजर गर्दै पोखरामा होण्डाको निःशुल्क सर्भिस क्याम्प हुने भएको छ । होण्डा मोटरसाइकल तथा स्कुटरको लागि यस क्षेत्रको आधिकारिक बिक्रेता कुँवर व्रदर्श एण्ड सन्सले वैशाख ८ गते आइतबारदेखि ११ गतेसम्म क्याम्प सञ्चालन गर्ने सन्सका सेल्स म्यानेजर विष्णु दाहालले जानकारी दिए । पोखराको नयाँबजारमा रहेको होण्डा शोरुममै क्याम्प हुनेछ । क्याम्पमा सहभागी हुने ग्राहकलाई सर्भिस चार्जमा ५० प्रतिशत छुटको व्यवस्था गरिने दाहालले जानकारी दिए । स्पेयर्स पार्टस र… पुरा पढौ

समृद्धि लायन्सको अध्यक्षमा राधिका थापा

महिलाहरूद्वारा स्थापना भएको पोखराको लायन्स क्लव समृद्धिको अध्यक्षमा राधिका थापा निर्वाचित भएकी छन् । क्लवको प्रथम उपाध्यक्षमा रेवीका श्रेष्ठ, द्वितीय उपाध्यक्ष रजनी श्रेष्ठ, तृतीय उपाध्यक्ष सुमिता श्रेष्ठ, सचिव देवी श्रेष्ठ, कोषाध्यक्ष शान्ति श्रेष्ठ छन् । राधिका थापा यसैगरी प्रशासन प्रमुख मनलक्ष्मी कार्की, सदस्यता प्रमुख अर्चना मुल्मी, क्लव एलसीएम बुद्धिसुवा गुरुङ, क्लव योजनामा सिमा कोइराला, क्लव बजार व्यवस्थापन सन्ध्या लिगल, स्वास्थ्य विभाग उषा गुरुङ, क्लव टेमरमा ईशा होना, क्लव टुइस्टरमा रोजिना… पुरा पढौ

¥यालीसहित ४ दिने ईजिआरपि समिक्षा सकियो

हिमाली जिल्ला मुस्ताङमा ४ दिने राष्ट्रिय प्रारम्भिक कक्षा पढाई (ईजिआरपि)समिक्षात्मक कार्यक्रम शुक्रबार समापन भएको छ ।यस अवसरमा यसका अभियान्ता तथा स्थानीय सरोकारवालाको एक टोलीले सदरमुकाम जोमसोममा भब्य ¥यालीको आयोजना ग¥यो । ‘कक्षा १ देखि ३ सम्मको लगानी जीवन भरको आम्दानी ।छोराछोरी स्कुल जाऔं,शिक्षकसंग पढाईबारे बुझौं ।बोलेर पढौ,ध्यान दिएर सुनौ ,बुझेर पढौं’ लगायतका नारा लेखिएको प्लेकार्ड र ब्यानरसहितको ¥यालीले पुथाङ एयरपोर्ट देखि जोमसोम बजार परिक्रममा गर्दै समापनमा परिणत भयो । कार्यक्रमको… पुरा पढौ

कहिले जादैछन् त प्रधानमन्त्री भियतनाम र कम्बोडिया ?

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पूर्वी एसियाली मुलुक भियतनाम र कम्बोडियाको भ्रमण गर्ने भएका छन्। दुई पक्षीय भ्रमणका लागि ती दुबै देशबाट निम्तो आएको र प्रधानमन्त्रीको भ्रमणको तयारी तीव्र पारिएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ। भियतनामले वैशाख पूर्णिमा समारोहमा प्रधानमन्त्री ओलीलाई मुख्यवक्ताको रूपमा आमन्त्रण गरेको हो। यसपालि जेठ ४ गते बुद्धजयन्ती छ। प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा नेपाल र भियतनामबीच दुई पक्षीय हवाइ सम्झौता परिमार्जन गर्ने तयारी भइरहेको छ। यसअघि… पुरा पढौ

समायोजनमा परेका स्वास्थ्य समूहअन्तर्गतका कर्मचारीलाई मन्त्रालयको यस्तो निर्देशन

समायोजनमा परेका स्वास्थ्य समूहअन्तर्गतका कर्मचारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजनपत्र नभएसम्म हाल कार्यरत स्थानमा नै काम गर्न निर्दैशन दिएको छ। सार्वजनिक भएको समायोजनको काममा ढिला हुने भएपछि मन्त्रालयका कर्मचारी प्रशासन प्रमुख जनार्दन गुरागाईद्वारा जारी गरिएको विज्ञप्तिमा कर्मचारीलाई उक्त निर्देशन दिएको हो । स्वास्थ्य समूहको सामार्वजनिक भएको समायोजन सूचीमा धेरै त्रुटि भएपछि त्यसलाई सच्याउनुपर्ने र केही समय लाग्ने मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले जनाएअनुसार हालसम्म सार्वजनिक भएको सूचीमा करिब १३… पुरा पढौ

प्रदेश स्तरिय लगानी सम्मेलन चितवनमा ,केके छन् त छलफलका विषय ?

प्रदेश ३ सरकारको आयोजनामा प्रदेशस्तरीय लगानी सम्मेलन भरतपुरमा शुक्रबार सुरु हुँदैछ। विभिन्न क्षेत्रमा लगानीको सम्भावना, लगानीको सुरक्षा, चुनौती, कमी कमजोरी, अवसर तथा सुधार गर्नुपर्ने विषयलगायतका विषयमा उद्योगी व्यवसायीहरूसँग छलफल गरी प्रदेशमा लगानीको वातावरण तयार गर्ने सम्मेलनको मुख्य उद्देश्य रहेको आयोगका सदस्य श्याम बस्नेतले बताए । भरतपुर हाकिमचोकस्थित होटल स्टार व्याङ्क्वेटमा हुने सम्मेलनको उद्घाटन पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले दिउँसो २ बजे गर्ने कार्यक्रम छ।… पुरा पढौ

कति बढ्यो ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता ?

सरकारले ट्राफिक प्रहरी भत्ता व्यवस्थापन निर्देशिका २०७५ स्वीकृत गरेको छ । गत बैशाख २ गते बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको निर्देशिकामा ट्राफिक प्रहरीको भत्ता तलब अनुसार ४० प्रतिशतसम्म वृद्धिको व्यवस्था गरिएको छ । ट्राफिक प्रहरी जवान र हवल्दारलाई ४० प्रतिशत, असई र सईलाई २० प्रतिशत, इन्सपेक्टर र डिएसपीलाई १० प्रतिशत भत्ता वृद्धि हुने भएको हो । पुरा पढौ

प्रदेश १ को नाम कोसी : नेकपा

प्रदेश नं. १ मा नेकपाको दुई तिहाई बहुमतको सरकार रहेको छ । प्रदेशको नाम के राख्ने भनेर सरकारले ठोस कदम चाल्न सकेको छैन् । पहिचानको आधारमा नाम हुनु पर्ने माग गर्दै किरात राई यायोख्खा, संघीय लिम्बुवान परिषदलगायतका जातीय संस्था र समुहहरुले किरात, लिम्बुवान, खम्बुवानलगायतका नाम राख्न माग गर्दै आन्दोलन जारी राखेका छन् । यता पहिचानको आधारमा नाम राख्न माग गरिरहेको बेला सरकारको नेतृत्व गरिरहेको नेकपाले भने प्रदेशको नामा ‘कोसी’ राख्न… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं