विजयकुमार पाण्डेले छाडे अन्नपूर्ण मिडिया नेटवर्क

पत्रकार विजयकुमार पाण्डेले अन्नपूर्ण मिडिया नेटवर्कको समूह सम्पादक (ग्रुप एडिटर) बाट राजीनामा दिएका छन् । पाण्डे २०७४ असोजमा अन्नपूर्ण मिडिया नेटवर्कको ग्रुप एडिटर नियुक्त भएका थिए ।

आफ्नो दोस्रो किताबको प्रकाशन, एपीवान टिभीमा मेगा–सिरिज कार्यक्रमको प्रस्तुतिका लागि समय दिने भन्दै पाण्डेले आइतबार राजीनामा दिएका हुन् ।

राजीनामाबारे उनले ट्विटरमा लेखेका छन्, ‘०७६ सालमा आफ्नो दोस्रो किताबको प्रकाशन, एपीवान टेलिभिजनमा एक मेगा–सिरिज कार्यक्रमको प्रस्तुति र श्रव्य दृष्यको डिजिटल प्लेटफार्ममा बढी समय दिनु पर्ने भएकोले अन्नपूर्ण मिडिया नेटवर्कको ग्रुप एडिटर पदबाट राजिनामा दिएको छु ।’