पृथ्वी दिवसमा नागरिक समाजको बृक्षरोपण

पृथ्वी दिबसको अबसरमा नागरिक समाज पोखराले बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। पृथ्वी दिवस विश्वमा २२ अप्रिलको दिन मनाइन्छ। प्रतेक बर्ष नागरिक समाज पोखराले पनि बृक्षारोपण गर्दै आएको छ । नागरिक समाज पोखराले कोमागाने पार्कमा २४ वटा वर ,पिपल,समि,बेलपत्र र आपको बिरुवा रोपेको हो।

यो दिवस पृथ्वीको पर्यावरणको बारेमा प्रशंसा र जागरूकतालाई प्रेरित गर्न मनाउन थालियको हो। प्रत्येक बर्ष १९२ भन्दा बढी राष्ट्रहरूमा पृथ्वी दिबस मनाइन्छ। सन् १९६९ सान फ्रान्सिस्कोमा युनेस्कोको सम्मेलनमा शान्ति कार्यकर्ता जोन म्याक कोनेलले १९७० मा उत्तरी गोलार्धको बसन्त ऋतुको पहिलो दिन मार्च २१ बाट मनाउने गरी पृथ्वीको सम्मान तथा शान्तिको अवधारणाको लागि एक दिनको माग गरका थिए। तर पछि अमेरिकी सिनेटर गेलर्ड नेल्सनले सन् १९७० मा पर्यावरण शिक्षाको रुपमा एक छुट्टै पृथ्वी दिवसको सुरुवात गरेका थिय।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।