विभिन्न माग सहित आन्दोलनमा उत्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई वार्तामा आउन सरकारले पत्र पठाएको छ ।
कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले पत्र लेखी वार्तामा आउन आग्रह गरेका हुन् ।
राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले सरकारको कदमलाई राप्रपाले सकारात्मक रुपमा लिएको बताए । उनले केही दिनमै वार्ता टोली गठन गर्ने पनि जानकारी दिए ।
गत फागुन ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई २२ बुँदे माग बुझाएर आन्दोलनमा उत्रिएको राप्रपाले आन्दोलनको कार्यक्रम अन्तर्गत मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रालगायतका सडक प्रदर्शन कार्यक्रम पनि गरेको छ ।




