मनकामना जाँदै गरेको बस धादिङमा दुर्घटना, २ को मृत्यु, २४ घाइते

धादिङको बेनिघाट रोराङ ३ सलाङघाटस्थित सफल होटल नजिकै यात्रुबाक बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । पृथ्वीराजमार्गमा भएको दुर्घटनामा दोलखा कालिन्चोक–७ निवासी वर्ष ७१ वर्षीय पार्वती बुढाथोकी र दोलखा सुनखानी निवासी करिव २८ वर्षीय हरिवंश केसीको मृत्यु भएको हो ।

दोलखाबाट आइतबार तिर्थयात्री बोकेर गोरखाको मनकामना दर्शन गर्न जाँदै गरेको बा ४ ख १४१५ नम्बरको बस आभेरट्याक गर्ने क्रममा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा घाईतेका सामान्य घाइते १६ जनाको मलेखुस्थित सामुदायिक अस्पताल र गजुरीस्थित अस्पतालमा उपचार भैरहेको छ । सख्त घाइते ८ जनालाई भने काठमाडौं लगिएको छ ।