समाचार

जनआन्दोलनका जीउँदा सहिद १४ वर्षदेखि अर्धचेत

जनआन्दोलन विसं २०६२÷६३ को क्रममा घाइते भएका काभ्रेपलाञ्चोकको बनेपाका मुकेश कायस्थ अझै पनि अर्धचेत अवस्थामा नै छन् । जनताको बलमा स्थापना भएको लोकतान्त्रिक गणतन्त्र स्थापना भएर सङ्घीयताको मूल मर्मअनुसार ३ तहको सरकार गठन भएर सेवा प्रवाह भइरहेको अवस्थामा लोकतन्त्र स्थापना गर्न आन्दोलनमा होकिएका जनआन्दोलनका घाइतेको अवस्था भने उस्तै रहेको जनआन्दोलनका घाइते मुकेशका आमा मिरा कायस्थले बताइन् । विसं २०६२÷६३ का जनाआन्दोलनको क्रममा २०६२ चैत्र २७ गते बनेपामा गोली लागेर घाइते… पुरा पढौ

विद्यार्थीलाई प्रस्तावना लेख्न सिकाइयो

आदर्श युवा क्लबको आयोजनामा विद्यार्थीका लागि प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम बुधबारबाट सुरु भएको छ । विद्यार्थीलाई स्कुलबाट प्रस्ताव, प्रतिवेदन लेखन सिकाउँदै विकास र समृद्धिम सघाउन तालिम आयोजना गरिएको छ । जेनेसेसन एमेजिङ कतार विश्व कप २०२२ को एक युवा नेतृत्व समाजिक उत्तरदायित्व कार्यक्रम तालिम सञ्चालन गरिएको हो । ५ वटा विद्यालयका शिक्षकसहित विद्यार्थी सहभागी भएको तालिममा सामाजिक अभियान्ता सुष्मा पौडेल, पत्रकारहरु फडिन्द्र अकिञ्चन र स्मीता अधिकारीले प्रशिक्षण दिएका छन्… पुरा पढौ

पृथ्वी राजमार्गमा बस दुर्घटना हुदा ५ जना घाईते

तनहुँको म्याग्दे गाउँपालिका-१ गुणादी स्थित पृथ्वी राजमार्गमा बुधबार यात्रुबाहक वस दुर्घटना हुदा ५ जना घाईते भएका छन् । पोखराबाट दमौलीतर्फ जादै गरेको ग१ख ८५०९ नम्बरको बस आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ४र५ फिट तल खसेको प्रहरीले जानकारी दिएको छ । घाईते हुनेहरुमा तनहुँ म्याग्दे गाउँपालिका-६ बस्ने वर्ष २० को माधब थापा (सह चालक) , पर्वत दलदला गाउँपालिका-८ बस्ने वर्ष ३५ की खिमा चोखाल, तनहुँ शुक्ला गण्डकी नगरपालिका-५ खैरेनीटार बस्ने वर्ष… पुरा पढौ

सरकारलाई सत्य निरुपण तथा मेलमिलाप आयोगको प्रतिवेदन

सरकारलाई सत्य निरुपण तथा मेलमिलाप आयोगले प्रतिवेदन बुझाएको छ । सत्य निरुपण तथा मेलमिलाप आयोगले द्वन्द्वकालीन न्याय निरुपणसम्बन्धी आयोगले हालसम्म गरेका कामहरुको विवरणसहितको प्रतिवेदन बुधबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाललाई बुझाएको हो । उक्त प्रतिवेदनमा सत्य निरुपण तथा मेलमिलापका लागि परेका उजुरीहरुको विवरण पनि उल्लेख गरिएको छ । हाल पदाधिकारीविहीन रहेको सो आयोगको प्रतिवेदन निमित्त सचिव गोपिचन्द्र भट्टराई नेतृत्वको कर्मचारीहरुले मन्त्री ढकाललाई बुझाएका थिए । चैत्र मसान्तमा… पुरा पढौ

वडाध्यक्षको उद्धाहरणीय काम, तलबभत्ता शैक्षिक क्षेत्रमा

गोरखाको शहीद लखन गाउँपालिका -७ का वडाध्यक्ष शरण श्रेष्ठ एक उद्धाहरणीय बन्दै सरकारबाट पाएको तलबभत्ता शैक्षिक क्षेत्रमा लगानी गरेका छन् । जनप्रतिनिधिबापत आफूले पाएको तलब र भत्ताले वडाभित्रका पाँच वटा सरकारी विद्यालयका विद्यार्थीलाई पाठ्यपुस्तक किनेर वितरण गरेका हुन् । उनले २ लाख ८८ हजार रुपैयाँले अंग्रेजी विषयका किताब किनेर वडाध्यक्ष श्रेष्ठले वितरण गरेका हुन् । सरकारले अन्य विषयका किताब निस्शुल्क उपलब्ध गराए पनि अंग्रेजी विषयका किताब भने विद्यार्थीले नै खरिद… पुरा पढौ

डडेल्धुरामा बस दुर्घटना : ६ जनाको मृत्यु, २६ घाइते

डडेल्धुराको भिमदत्त राजमार्गको साउखर्कमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।  भीमदत्त राजमार्ग अन्तर्गत जिल्लाको गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजेतिर बस दुर्घटना भएको प्रहरीले जनाएको छ । धनगढीबाट बझाङका लागि छुटेको कर्णाली रिभर यातायातको ना ६ ख १८३१ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको डडेल्धुराका प्रहरी निरीक्षक लक्ष्मण खड्काले पुष्टि गरेका छन् । प्रहरीले… पुरा पढौ

बुधबारदेखि देशैभर हुने कांग्रेसको जनजागरण अभियानमा के के छन कार्यक्रम ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बुधबारदेखि देशैभर राष्ट्रिय जनजागरण अभियान सुरू गर्दैछ। पार्टीको संगठन सुदृढीकरण र सरकारका नराम्रा कामविरूद्ध जनतामा चेतना जगाउन भन्दै कांग्रेसले यो कार्यक्रम गर्न लागेको हो। जागरण अभियानको काठमाडौंमा सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ भने ७७ जिल्लामा केन्द्रीय सदस्य प्रतिनिधिको रूपमा खटिएका छन् । कांग्रेसले यो वर्षभर नै जनजागरण अभियान गर्ने जनाएको छ। तीन चरणमा हुने कार्यक्रम पुस १६ गते सकिनेछ। पहिलो चरणमा लोकतन्त्र दिवसबाट… पुरा पढौ

स्वास्थ्य कर्मचारीको फेरी मन्त्रालयलाई ज्ञापन पत्र

स्वास्थ्य क्षेत्रमा क्रियाशील ट्रेड युनियन तथा पेशागत संगठनहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुनः समायोजन गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएका छन्। समायोजन ऐन र स्वास्थ्य सेवा ऐनको मर्म र मापदण्डविपरीत कर्मचारीको समायोजन गरिएको भन्दै स्वास्थ्यका ट्रेड युनियन र संगठनहरुले विधि र प्रक्रियाबाट पुनः समायोजन गर्न सरकारको ध्यानकर्षण गराएका हुन्। नेपाल स्वास्थ्यकर्मी संघका तर्फबाट अध्यक्ष रामजी घिमिरे, राष्ट्रिय स्वस्थ्यकर्मी संघ, नेपालका तर्फबाट अध्यक्ष भक्तिमान सुब्बा, मधेशी स्वास्थ्यकर्मी फोरमका अध्यक्ष बालकिशोर… पुरा पढौ

सरकारको वैशाखभर ‘खोप महिना’

सरकारले हरेक वर्षको वैशाख महिनालाई ‘खोप महिना’को रुपमा मनाउँदै आएको छ। कुनै पनि बालबालिका खोपको पहुँचभन्दा बाहिर नहुन् भनेर वैशाखलाई खोप महिनाको रुपमा मनाउने गरिएको हो। ‘खोज र खोप’ भन्ने उद्देश्यले खोप लगाउने उमेरका सबै बालबालिकालाई खोजी गर्ने, खोप नपाएकालाई खोप दिने, पूर्ण खोप पाए नपाएको सुनिश्चित गर्ने काम यो महिनाभरि हुने गर्छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा झलक शर्मा गौतमले खोप… पुरा पढौ

शिक्षक महासंघ मुस्ताङप्रति लगाएको आरोप तथ्यहिनः अध्यक्ष श्रेष्ठ

शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघ मुस्ताङका अध्यक्ष राजुप्रसाद श्रेष्ठले सोमबार एक प्रेष बक्तब्य प्रकाशित गर्दै महासंघप्रति लगाईएको आरोप तथ्यहिन र गैरजिम्मेवार भएको बताएका छन् । अध्यक्ष श्रेष्ठद्धारा हस्ताक्षरित बिज्ञप्तीमा महासंघप्रति लगाएका यस्ता बदनियतपूर्ण तथ्यहिन आरोपले आफु बिचलित नभएको र संम्पूर्ण शिक्षकहरुलाई संयमित भईदिन आग्रह गरे । नेपाल राष्ट्रिय शिक्षक संगठनका सचिव कर्ण थकालीले दिएको अभिब्यक्ति र आरोपले आफ्नो गम्भिर ध्यानआर्कण भएको अध्यक्ष श्रेष्ठले बिज्ञप्तीमा उल्लेख गरेका छन् ।उनले कपोलकल्पित… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं