घुस सहित मालपोत कर्मचारी नियन्त्रणमा

मालपोत कार्यालय रूपन्देहीमा घुस रकम सहित कर्मचारी पक्राउ परेका छन् ।

भैरहवाको तामेली शाखामा कार्यरत कार्यालय सहयोगी जोगेन्द्र प्रसाद चौधरीले सेवाग्राहीबाट घुस रकम लिईरहको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले रंगे हात पक्राउ गरेको हो ।

सेवाग्राहीले निबेदन मार्फत सुकुम्वासी समस्या समाधान आयोगको निर्णय प्रतिलिपि माग गरेकोमा सो सम्बन्धी मिसिल खोजी प्रतिलिपी उपलब्ध गराउने भन्दै उनले सेवाग्राहीसंग रकम माग गरेका थिए ।

२० हजार घुस रकम सहित पक्राउ परेका चौधरीलाई आवश्यक अनुसन्धान भैरहको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् ।