विनाशकारी भूकम्पको ४ वर्षपछि प्रधानमन्त्री प्रतिवद्धता

२०७२ सालको विनाशकारी भुकम्प गएको आज ४ बर्ष वितेको छ यहि अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनर्निर्माणलाई अबको एक वर्षमा सम्पन्न गर्ने दाबी गरेका छन् ।

सामाजिक सञ्जालमा ट्विट गर्दै प्रधानमन्त्री ओलीले युद्धस्तरमा अघि बढाएको पुनर्निर्माणलाई अबको एक वर्षमा पूर्णतामा पुर्याउने दाबी गरेका हुन् ।

उनले चार वर्षअघिको विनाशकारी भूकम्पले भौतिक पूर्वाधार निर्माणमा सजगताको पाठ सिकाएको उल्लेख गरेका छन् ।