समाचार

कुकुरले खसीबाख्रा मार्न थालेपछि…

ओखलढुंगामा कुकुर आतंक रोक्न प्रहरी परिचालन गरिएको छ । केही दिनयता जिल्ला सदरमुकाम र आसपासका क्षेत्रमा कुकुरले मानिस र पशुचौपायामाथि आक्रमण गर्न थालेपछि कुकुर नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको हो । छाडा कुकुरबाट बच्न समस्या भएको भन्दै सर्वसाधारणले सुरक्षा माग गरेपछि प्रहरी परिचालन गरिएको सिद्धिचरण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले जानकारी दिए । जनप्रतिनिधिसहित नगरपालिकामा भएको स्थानीयको भेलाले छाडा कुकुर नियन्त्रण गर्ने जिम्मा प्रहरीलाई दिने निर्णय गरेको हो ।… पुरा पढौ

माता तालबाराही आरतीलाई सक्दो सहयोग गर्छु

गण्डकी प्रदेशका सांसद राजिव पाहारीेले फेवातालको किनारामा भईरहेको माता तालबाराही आरतीलाई सक्दो सहयोग गर्ने बताएका छन् । नेपाल रेडक्रस सोसाइटी बैदाम उपशाखाले नयाँ वर्ष २०७६ सालको शुभकामना आदान प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रममा सांसद राजिव पाहारीले रेडक्रसले आफ्नो निरन्तर प्रयासले फेवातालको विकासका लागि प्रयासहरु भईरहेको अझै पनि आफ्नो अर्जुनदृष्टी फेवातालको विकासका लागि रहेको बताए । प्रदेश सरकारले आन्तरीक भ्रमणवर्ष घोषणा गरिरहदा यस्ता क्रियाकलापहरुलाई सहयोग गर्नुपर्ने उल्लेख गरे । साथै उनले… पुरा पढौ

फोटोपत्रकार दुर्गा प्रसाद पौडेललाई गण्डकी प्रदेश फोटोपत्रकारिता अवार्ड

नेपाल राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे नेपाल)ले नेपाल लाइफ फोटो पत्रकारीता अवार्ड २०७५ सम्पन्न गरेको छ । सुखि नेपाली र सवृद्ध नेपाल सरकारको नारालाई साकार पार्नको लागि जिवन्त फोटोहरुले भुमिका खेल्न सक्छन र यस तर्फ फोटोपत्रकारीताले ठुलो योदान गर्दै आएको छ अझै पनि यसको लागि फोटोपत्रकारहरुले योगदान आवश्यक रहेको उप प्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोखरेलले बताए । “नेपाल लाइफ राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७५” को उत्कृष्ट १४ अवार्ड, एक… पुरा पढौ

दुर्घटनामा स्कुटर चालक घाइते

शुक्रबार दिउँसो पोखराको जिरो किलोमिटरमा भएको दुर्घटनामा स्कुटर चालक घाइते भएकी छन् । पोखराको लेकसाइडबाट आइरहेको ग १६ प ९४७ नम्बरको स्कुटर र पृथ्वीचोकबाट हरिचोकको लागि छुटेको ग १ ज ६७११ नम्बरको माइक्रो बस शुक्रबार दिउँसो ३ बजेर १५ मिनेट जाँदा आपसमा ठोक्किएका हुन् ।। स्कुटर चाचलक अन्दाजी २२ वर्षकी अस्मीता थापा घाइते भएकी छन् । उनको रिजनल हस्पिटल जिरो किमीमा उपचार भइरहेको छ । प्रहरीले गाडी चालक २१ वर्षका… पुरा पढौ

मुस्ताङमा ११ सदस्यीय महिला उद्यमी महासंघमा गठन

महिला उद्यमीहरुको छाता संगठन नेपाल महिला उद्यमी महासंघले बुधबार मुस्ताङमा आफ्नौ ४३ औं जिल्ला शाखा बिस्तार गरेको छ । पूर्व सांसद श्रीमाया थकालीको समूउपस्थितीमा ११ सदस्य महिला उद्यमी महासंघ गठन भएको जनाईएको छ । घरपझोङ १ मार्फाकी उद्योगी सुकुन रसाईली अध्यक्षमा गठन भएको महिला उद्यमी महासंघ मुस्ताङको उपाध्यक्षमा कमला लालचन,सचिवमा दुर्गादेवी रसाईली र कोषाध्यक्षमा निर्मला भट्टचन छन् ।यस्तै,सदस्यमा मीमकुमारी शेरचन,मोहनकुमारी शेरचन,हिरा बिक,आईत थकाली,ज्ञानु थकाली,छिरिङ वाङ्मो थकाली, र पुसमाया लालचन छन्… पुरा पढौ

फेल भएकालाई लाइसेन्स बनाइदिने २ पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगन्जको नारायणी यातायात सवारी चालक अनुमति कार्यालय नजिकै २ जना विचौलियालाई शुक्रबार घूससहित पक्राउ गरेको छ । लाइसेन्स बनाइदिए बापत सेवाग्राहीसँग ३१ हजार रुपैयाँ घूस लिँदै गर्दा अख्तियारले स्थानीय रोशन रौनियार र बाराका सुनिल यादवलाई नियन्त्रणमा लिएको हो । रौनियार र यादव लेखापढीमा संलग्न छन् । उनीहरुले स्काभेटरको लाइसेन्स बनाइ दिएबापत पहिलो खेपमा ३५ हजार रुपैयाँ लिइसकेको र थप ३५ हजार माग गरेको अख्तियारले जनाएको छ… पुरा पढौ

पोखरामा राष्ट्रिय फोटो पत्रकारिता दिवस

पोखरामा राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाईएको छ । फोटो पत्रकारिता दिवसको अवसर पारी पर्यटकीय नगरी पोखराको बाराही चोकमा फोटो प्रदर्शनी गरेर गण्डकी क्षेत्रको प्रचारप्रसार गरिएको हो। सोहि अवसरमा गण्डकी प्रदेशभित्रका विभिन्न पर्यटकीयस्थलहरूको फोटो प्रदर्शन गरिएको छ। पोखराको फेवाताल, सराङ्कोट, माछापुच्‍छ्रे, मनाङ, मुस्ताङ, लम्जुङलगायतका जिल्लामा पुगेर पत्रकारहरूले खिचेका तस्वीरहरू प्रदर्शनीमा राखिएको फोटो पत्रकार महासंघ गण्डकी प्रदेशका सचिव कृष्णमणि बरालले जानकारी दिए। तस्वीर स्वदेशी तथा विदेशी पर्यटकहरूले अवलोकन गरिरहेको फोटो पत्रकार महासंघ… पुरा पढौ

ग्रेट नेपालका अभियान्ता नेपाललाई अदालतमा बुझाउने तयारी

ग्रेट नेपालका अभियान्ता फणिन्द्र नेपाललाई अदालत बुझाउने तयारी भैरहेको छ । बैंकिङ कसुर अभियोगमा पक्राउ परेका अभियान्ता नेपाल प्रहरीको प्रारम्भिक अनुसन्धानमा दोषी देखिएपछि उनलाई अदालत बुझाउने तयारी भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंले नेपाललाई नरेशकुमार न्यौपानेले दिएको जाहेरीको आधारमा वैशाख १० गते निवासबाटै पक्राउ गरेको थियो । तर ,मुद्दा अगाडि बढाउनुभन्दा पहिला बैंकबाट पैसा बुझे÷नबुझेको कागजपत्रहरु झिकाएर अनुसन्धान गरिरहेका काठमाडौ परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । प्रहरीले… पुरा पढौ

अन्नपूर्णमा हराएका मलेसियनको मेडिसिटी अस्पतालमा उपचार हुँदै

अन्नपूर्ण प्रथम हिमालको आरोहणका क्रममा हराएका एक मलेसियाका एक नागरिकलाई उद्धार गरि मेडिसिटीमा उपचार भैरहेको छ । आठ हजार मिटर भन्दा अग्लो हिमाल अन्नपूर्ण प्रथम आरोहण गरेर फर्किदा चिन हराएका मेलेसियाका ४८ वर्षे वि किन चिनको सिम्रिक एयरको हेलिकप्टरले उद्धार गरेको हो । उनि हराएको खवर बुधबार साँझ आएको र बिहीबार उज्यालो हुनासाथ क्याप्टेन सिद्धार्थजंग गुरुङ सिम्रिक एयरको हेलिकोप्टर लिएर खोजीका लागि उडेका थिए । हेलिकोप्टरबाट पाईलट सिद्धार्थजंगले हात हल्लाइरहेका… पुरा पढौ

कति छन् त कर नतिर्ने उद्योगी–व्यवसायी ?

सरकार राजस्व लक्ष्य भेट्टाउन कडाइका साथ वक्यौता राजस्व उठाउनतर्फ लागेको छ । विभिन्न जिल्लाका आन्तरिक राजस्व कार्यालयले धमाधम सार्वजनिक सूचना नै प्रकाशित गरेर राजस्व तिर्न अटेर गर्नेलाई १५ दिनको म्याद दिँदै वक्यौता राजस्व तिर्न आह्वान गरेको हो । यसै शिलशिलामा आन्तरिक राजस्व कार्यालय धनगढीले पनि कर नतिर्ने २ सय १२ जना उद्योगी व्यवसायीको नाम सार्वजनिक गरेको छ । उनीहरुलाई १५ दिनभित्र बाँकी रहेको राजस्व तिर्न ताकेता गरेको छ । १५… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं