समाचार

स्व.रबिन्द्र अधिकारीको ६० औं स्मृति सभामा खेलकुद सामाग्री वितरण

स्वर्गिय पर्यटन मन्त्रि रबिन्द्र अधिकारीको ६० औं स्मृति सभाका अवसरमा खेलकुद सामाग्री वितरण गरिएको छ । अनेरास्ववियु भूगोल जिल्ला कमिटी कास्कीले आयोजनामा स्वर्गिय मन्त्रि अधिकारिको ६० औं दिनको स्मृति सभाका अवसरमा शान्ति उदय मा बि पोखरा 33 का १८० जना विद्यार्थीलाई स्टेशनरी सामग्री र स्कुललाई खेलकुद सामग्री बितरण गरिएको हो। कार्यक्रमकै अवसरमा संगठनले नयाँ बर्षको क्यालेन्डरमा स्व. अधिकारीमा समर्पित फोटो , संगठनका बिबिध गतिविधि समाबेश भएका फोटा राखेको छ ।… पुरा पढौ

निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार भन्दा बढी सेवाग्राहीले सेवा लाभ लिए

बागलुङ्ग जिल्लाको निसीखोला गाउँपालिकामा सम्पन्न दुई दिने वृहत निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार २ सय ५८ जना सेवाग्राहीले लाभ लिएका छन् । भुकम्पको चौथो बार्षिकीको स्मरणमा पोखरा स्थित कर्म फ्लाइट्स फाउन्डेशन नेपाल र निसीखोला गाउँपालिका बागलुङ्गको संयुक्त आयोजना तथा नेपाल इज ट्रष्ट, यु.के. र देविस्थान स्वास्थ्य चौकीको सहआयोजनामा भएको उक्त शिविर सञ्चालन गरिएको थियो । शिविरमा करिब ३०० जना महिलाले स्त्री रोगको जाँच, ६० जनाले घाँटीको इन्डोस्कोपी सहित २५० जनाले… पुरा पढौ

सरसफाई गर्दा ४ शव फेला

सरसफाई अभियान अन्तर्गत सगरमाथाको बेस क्याम्प सफा गर्दै जादा ४ वटा शव फेला परेको छ । सगरमाथाको बेस क्याम्प सफाई गर्ने अभियानअन्तर्गत कार्यक्रम लिएर पुगेको टोलीले उक्त४ वटा शव फेला पारेका हुन् । बेस क्याम्प पुगेका सगरमाथा सफाइ अभियानमा जुटेको टोलीले ४ वटा शव भेटिएको जानकारी गराएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए । अभियानबाट अहिलेसम्म तीन हजार किलो फोहोर संकलन गरिएको र त्यसमध्ये… पुरा पढौ

चर्चित संगीतकार बज्रको हृदयघातका कारण निधन

चर्चित संगीतकार बिजु बज्रको हृदयघातका कारण निधन भएको छ । संगीत गायन र रचना तीन विधामा सक्रिय ब्रजको आइतबार बिहान हृदयघातका कारण ४८ वर्षकै अल्पायुमा निधन भएको हो । हृदयघात भएपछि उनलाई उपचारका लागि सिभिल अस्ताल पु¥एइएको र त्यहाँ उपचारकै क्रममा उनको निधन भएको बताइएको छ । उनको शव अहिले अस्पतालमै राखिएको छ । उनीलाई यसअघि पनि यसअघि पनि दुईपटक हृदयघात भएको थियो । उनका ‘झरी परिरह्यो मनमा थामिदैन आँसु’,… पुरा पढौ

एनसेललाई अभिनेत्री रेखा थापाको चेतावनी

चर्चित अभिनेत्री रेखा थापाले एनसेलबाट अर्बौंको पूँजीगत लाभकर असुलीका लागि दबाब दिन युवाहरूलाई आह्वान गरेकी छन्। चलचित्र निर्मात्री समेत रहेकी अभिनेत्री थापाले एनसेलले लुट मच्चाउँदा पनि सरकारले केही गर्न नसकेको उल्लेख गर्दै त्यसविरूद्ध युवाहरू अग्रसर हुनुको विकल्प नरहेको स्पष्ट पारेकी छिन् । आइतबार काठमाडौंमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले एनसेलले करिब ४० अर्ब पूँजीगत लाभकर बुझाउन बाँकी रहेको उल्लेख गर्दै त्यसको कार्यालयमा ताला लगाउन पनि सरकारलाई आग्रह गरिन्। एनसेलले… पुरा पढौ

अर्मलामा ५४ यूनिट रगत संकलन

नेपाल रेडक्रस सोसाइटी पोखरा–१६ उपशाखाले अर्मलामा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ५४ युनिट रगत संकलन भएको छ । रिभर डेल वोर्डिङ स्कूलको व्यवस्थापनमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा जिल्ला रेडक्रस कास्कीका अध्यक्ष डोलराज पाण्डेले वर्षाको सिजनमा रगत अभाव वढ्ने हुनाले रक्तदान कार्यक्रमलाई विभिन्न ठाउँमा निरन्तरता दिन आवश्यक रहेको वताएका छन् । रेडक्रस उपशाखा १६ का उप सभापति कमल शर्माको संयोजकत्वमा आयोजित कार्यक्रमको सभापति कुल प्रसाद भट्टराई र सञ्चालन सचिव तारा अधिकारीले गरेकि… पुरा पढौ

गभर्नरमा इन्दु, प्रथम भाइस मनहादुर र द्धितीय भाइस बिशेश्वर निर्वाचित

लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ बि १ नेपालको सातौ वार्षिक अधिबेशनबाट गभर्नरमा ईन्दु लम्साल, प्रथम भाईस डिस्ट्रिक्ट गभर्नरमा मनबहादुर रोका र द्धितीय भाईस डिस्ट्रिक्ट गभर्नरमा लायन बिशेश्वर आचार्य विजयी भएका छन् । गभर्नर लम्साल र प्रथम भाइस डिस्ट्रिक गभर्नर महादुर रोका एस भोटका आधारमा निर्वाचित भएका हुन् । द्धितीइ भाइस भाईस डिस्ट्रिक्ट गभर्नरमा विशेश्वर आचार्य ५ सय ४४ मतका साथ विजयी भए । उनका प्रतिश्पर्धी ध्रुव श्रेष्ठले ३ सय ३०… पुरा पढौ

उद्योगपति बाबुराम सुनार सम्मानित

उद्योगपति बाबुराम सुनार शनिबार पोखरामा सम्मानित भएका छन् । विश्वकर्मा सेवा समाज कास्कीले नयाँ वर्षको शुभकामना आदानप्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रममा उनलाई सम्मान गरेको हो । उनी विभिन्न विभिन्न सामाजिक संघ, संस्थामा रहेर समाजसेवामा आवद्ध छन् । सुनचाँदी व्यवसायी संघ तनहुँका पूर्वअध्यक्ष उनी ढोरबाराही ज्वेलर्स, ढोरबाराही क्रसर उद्योगका सञ्चालक एवं भीमाद नगर कार्यपालिका सदस्य हुन् । उनलाई पोखरा २८ का अध्यक्ष निर्मल दियाली र समाजका अध्यक्ष भविन्द्र विश्वकर्माले दोसल्ला र… पुरा पढौ

लुम्बिनी भ्रमण वर्षको लागि पोखरामा रोड शो गरिने

पोखरा । प्रेदश नं. ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले वर्ष २०७६ लाई लुम्बिनी भ्रमण वर्ष शुभारम्भको अवसरमा पोखरामा रोड–शो (सडक प्रर्दशन) गर्न भएको छ । आगामि जेठ ४ गते २५६३ औं बुद्ध जयन्तीको दिन विषेश कार्यक्रमको आयोजना गरि लुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भ गरिने भएकोले प्रचारप्रसारको लागि पोखरामा २४ गते रोड शो गर्न लागिएको सडक प्रदर्शन कार्यदलका संयोजक रविन्द्र शर्मा घिमिरेले वताए । घिमिरेका अनुसार बैशाख… पुरा पढौ

भुपी गाउँमा सडक मापदण्ड परेपछि टुकुचेबासी चिन्तित

उत्तर ÷दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना, कालिगण्डकी करिडोरको कोरला सडकका कारण यतिबेला स्वःभूपि शेरचनको पूख्यौली थलो थाक टुकुचेका २८ घर बिस्थापनको संघारमा छ ।करिडोर सडकको मापदण्ड परेपछि टुकुचेबासी चिन्तित बनेका हुन् । सडक बिकल्प प्रस्तुत गर्दै टुकुचेबासी अहिले गाउँ बचाउ अभियानमा जुटेको हो । झन्डै २ सय वर्ष पुरानो ऐतिहाँसिक भुपि गाउँमा कुल ३८ घरधुरी छन् ।करिडोर सडकले अहिले टुकुचेका ३ तिहाई घरलाई सडक मापदण्डले पिरोलिरहेको छ ।सडकले गाउँ पलायन… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं