अभिनेत्री श्वेता खड्कालाई ट्यूमर

अभिनेत्री श्वेता खड्कालाई ट्यूमर देखिएको छ । अभिनेत्री खड्काले आफ्नो गर्धनमा ट्युमर देखिएपछि भारतमा सफल शल्यक्रिया गरिएको सामाजिक सञ्जाल मार्फत बताएकी हुन् ।

श्वेता आफ्नो नयाँ चलचित्र ‘हेल्लो जिन्दगी’ को लन्डनमा सुटिङका क्रममा अस्वस्थ बनेपछि तुरुन्त अप्रेशन गर्नुपर्ने डाक्टरको सल्लाह अनुसार आफुले नयाँ दिल्लीको बीएलके अस्पतालमा सफल अप्रेशन गरेको जानकारी दिएकी छन् ।

त्यसपछि श्वेतालाई लन्डनबाट तत्कालै नयाँ दिल्ली आएर डा. सुरेन्द्र कुमार दवासले आफ्नो सफल शल्यक्रिया गरेको बताएकी छन् ।

श्वेताले जीवनले फेरि आफुसँग अर्को खेल खेलेको बताउदै फेरि भयानक परिस्थितिलाई जितेर निस्किएको बताएकी छन् ।

उनले अब आफु नयाँ चलचित्र ‘हेल्लो जिन्दगी’ अघि बढाउन नसक्ने भन्दै फिल्म हेल्लो जिन्दगी टिमसँग माफी मागेकी छन् ।