सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष सिल्टु मियाँ घुस सहित रंगेहात पक्राउ परेका छन् ।
वडाध्यक्ष मियाँलाई २५ हजार रुपैयाँ घुस रकमसहित अख्तियार आयोग इटहरी कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
मोही छुटाउन सिफारिश गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेको सूचनाका आधारमा पक्राउ गरिएको हो ।
सोही वडामा सञ्चालित काठ मिलबाट उनलाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।






