स्व.रबिन्द्र अधिकारीको ६० औं स्मृति सभामा खेलकुद सामाग्री वितरण

स्वर्गिय पर्यटन मन्त्रि रबिन्द्र अधिकारीको ६० औं स्मृति सभाका अवसरमा खेलकुद सामाग्री वितरण गरिएको छ ।

अनेरास्ववियु भूगोल जिल्ला कमिटी कास्कीले आयोजनामा स्वर्गिय मन्त्रि अधिकारिको ६० औं दिनको स्मृति सभाका अवसरमा शान्ति उदय मा बि पोखरा 33 का १८० जना विद्यार्थीलाई स्टेशनरी सामग्री र स्कुललाई खेलकुद सामग्री बितरण गरिएको हो।

कार्यक्रमकै अवसरमा संगठनले नयाँ बर्षको क्यालेन्डरमा स्व. अधिकारीमा समर्पित फोटो , संगठनका बिबिध गतिविधि समाबेश भएका फोटा राखेको छ । अनेरास्ववियु केन्द्रिय उपाध्यक्ष र वडा ३३ का अध्यक्ष शिव आचार्यले बिमोचन गरेका थिए ।

कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले स्वर्र्गिय अधिकारीले आफ्नो कार्यकालमा गरेको कामको प्रसंसा गरेका थिए । वडाको भौतिक विकास र जनताको हरेक घाउको मलम बनेर स्थापित नेता गुमाउदाको पीडा ब्यक्त गर्ने शब्द नभएको वडाअध्यक्ष आचार्यले बताए ।