गण्डकी प्रदेशका उद्योग,बन तथा बाताबरण मन्त्री बिकास लम्सालले सरकारले सोचे अनुरुपको बिकास गर्न नसकिएको बताउनु भएको छ ।
प्रदेश मन्त्रालयले आयोजना गरेको समिक्षा तथा योजना तर्जुमा गोष्ठीको पोखरामा उदघाटन गर्दे उहाँले कर्मचारीहरुको असहयोगका कारण बिकासमा साझेदारीका लागि समस्या परेको बताउनुु भयो । बिसौ बर्ष निति र्निमाणमा बसेका कर्मचारीहरु गोष्ठी र छलफलहरुमा यो भएन भनेर भाषण गरेको देख्दा अचम्म लाग्ने उहाँको भनाई थियो । कार्यक्रममा मन्त्री लम्सालले बिभिन्न बाहानामा काम हुन नदिने परिपाटी अहिले पनि बिद्यमान रहेको बताउनु भयो । आफु अहिले मन्त्रालयको काम प्रति सन्तुष्ट नभएको उहाँको भनाई थियो ।
बिकासका लागि ट्र्याक परिबर्तन आवश्यक भएपनि कर्मचारीतन्त्रले नयाँ ट्र्याक मन नपराएकोले समस्या आएको उहाँले औल्याउनु भयो । पुरानै परिपाटीलाई निरन्तरताको लागि संघियता नआएकाले कर्मचारीहरुलाई उहाँले उच्च मनोबलका साथै अप्ठेराहरुलाई सहजता तर्फ लैजाने खालका कामहरु गर्न अनुरोध गर्नु भयो । बस्तुको उत्पादनका साथै बजारीकरणको ब्यबस्था मिलाउने योजना र्निमाण गर्न गोष्ठीको आयोजना भएकाले सोही खालका सुझाव दिन पनि उहाँले सहभागिहरुलाई आग्रह गर्नुभयो । प्रदेश सरकारले एक स्थानिय तह एक उद्योग ग्राम र्निमाण गर्न लागेकोले सोही अनुसारको काममा लाग्न र जनताको जिवनस्तरको बिकास तर्फ सोच्न उहाँले कडा ढंगले र्निदेशन दिनुभएको थियो ।
गोष्ठीमा मन्त्रालयका महाशाका प्रमुख नारायण आचार्यले मन्त्रालयले आगामी दिनमा कस्तो योजना बनाउने भन्ने बारे सहि र प्रभावकारी सुझाव दिन सहभागिहरुलाई अनुरोध गर्नभयो । नेपाल सरकारका सह सचिव दिनेश भट्टराईले गोष्ठीमा मन्त्रालयले गर्नुपर्ने कार्यक्रमका बारेमा धारण राख्ने बताइएको छ । दुईदिन सम्म चल्ने गोष्ठीमा गण्डकी प्रदेशका ११ जिल्लाका मन्त्रालय अन्र्तगतका उद्योग अधिकृतहरुको सहभागिता रहेको छ ।




