समाचार

धादिङमा सवारी दुर्घटना हुदा २ जनाको मृत्यु

माइक्रो बस र मोटरसाइकल एकआपसमा ठोकिदा घटनास्थल मै २ जनाको मृत्यु भएको छ । धादिङको गल्छी नगरपालिका–४ बेल्खु पृथ्वीलोकमार्गमा भएको दुर्घटनामा मोटरसाइकलमा सवार काठमाडौं चन्द्रागिरी नगरपालिका–गुर्जुधारा बस्ने वर्ष २९ को राज महर्जन र चन्द्रागिरी नगरपालिका–१२ बस्ने वर्ष ३० को कवि कुमार महर्जन रहेका छन् । काठमाडौंबाट गजुरीतर्फ आउँदै गरेको बा४ख ५१०३ नम्बरको माइक्रो र गजुरीबाट काठमाडौंतर्फ जाँदै गरेको बा९७प २५३८ नम्बरको मोटरसाइलक एक आपसमा ठोक्किएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख… पुरा पढौ

११७ वर्षीय वृद्धालाई मासिक १० हजार

ककनी गाउँपालिका ८ की ११७ वर्षीया बाटुली लामिछानेलाई मासिक १० हजार रुपैयाँ दिने गाउँपालिकाले निर्णय गरेको छ । स्वास्थ्योपचरा तथा पोषण खाद्यपदार्थमा खर्च गर्ने गरी उनलाई सो रकम दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष मानबहादुर लामाले बताए । गत माघदेखि अध्यक्ष लामाले लामिछानेको नाममा मासिक पाँच सय रुपैयाँ सहकारीमा जम्मा गरिँदै आइरहेका थिए । त्यसैलाई निरन्तरता दिँदै गाउँपालिकाले लामिछानेलाई आफ्नै जन्मदाता सम्झेर आर्थिक सहयोग गरेको अध्यक्ष लामाले बताए । ‘गाउँमा यस्ता… पुरा पढौ

जोमसोम अस्पताल स्वास्थ्य कार्यालयमा सर्ने,जनस्वास्थ्य प्रमुख उलकको बिमति

गण्डकी प्रदेश सरकारले जिल्ला अस्पताल जोमसोम मुस्ताङलाई बहुवर्षिय भवन निर्माण योजना अन्तर्गत बजेट बिनियोजन गरेपछि जिल्लामा यसको गृहकार्य सुरु गरिएको छ । गत बैशाख ११ गते अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर गुरुङको अध्यक्षतामा सरोकारवाला सम्मिलित बैठकले अस्पताल भवन संरचना निर्माण तथा व्यवस्थापनबारे प्रारम्भिक निर्णय गरेको जनाईएको छ । एक वर्षअघि निर्माण सम्पन्न भएको जिल्ला स्वास्थ्य कार्यालयको नवनिर्मित ३ तले पक्की भवनमा साविक अस्पतालले प्रवाह गर्ने ईमरजेन्सी तथा ओपिडी सेवासुबिधा नियमित… पुरा पढौ

सामाजिक रुपान्तरणमा श्रमको उपयोग गरौं : मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिएका छन् । मंगलबार शुभकामान सन्देश जारी गर्दै उनले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय लक्ष्य साकार पार्ने आधार पनि श्रमिक वर्ग नै भएको विचार राखेका छन् । उनले श्रम र श्रमिकप्रति सम्मान गर्दै देशको आर्थिक सामाजिक रूपान्तरणमा श्रमिकको पूर्ण क्षमता उपयोग हुनुपर्नेमा जोड दिएका छन् । स्वदेश तथा विदेशमा मजदुरी गर्नेहरुलाई मुख्यमन्त्रीले सुख, समृद्धि एव अधिकारको सुनिश्चततासहित मर्यादित जीवनको… पुरा पढौ

प्रदेश १ को सम्पर्क राजधानी धनकुटा

प्रदेश १ को मन्त्रिपरिषद् बैठकले धनकुटालाई सम्पर्क राजधानी बनाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। मंगलबार मात्र लामो समयदेखि अन्योलपूर्ण अवस्थामा रहेको प्रदेश १ को राजधानी र नामको विषय टुँगो लगाउन बाटोसमेत खुलेको छ। प्रदेश १ का प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले प्रदेश १ को बृहत विराट क्षेत्र विकास समिति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७५ प्रमाणिकरण गरेका छन्। नेपालको संविधानको धारा २०१ ९१० र प्रदेश… पुरा पढौ

पेट्रोल पम्प बिक्री केन्द्रका लागि आवेदन

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ विक्री केन्द्रको लागि आवेदन खोलेको छ। निगमले आज सूचना जारी गर्दै ६० दिन भित्र बिक्री केन्द्रको लागि निबेदन दिनसक्ने जनाएको छ। विक्रेतामा नियुक्त हुन चाहाने इच्छुक फर्म, कम्पनी, संगठित संस्थाको निगमको पेट्रोलियम पदार्थ विक्रेता विनियमावली २०७५ को अनुसूची १ बमोजिम निबेदन दिनुपर्ने आयल निगमको भनाइ छ। निगमको आपूर्ती तथा वितरण विभाग र कार्यलयमा निवेदन दिन सकिने छ। अनुसूची १ बमोजिमको निवेदनको ढाचाँ, निवेदनको साथ पेस… पुरा पढौ

कर्णालीमा खस्यो स्काभेटर

हुम्लाको खार्पुनाथ गाउँपालिका–५ मा सडक खन्ने क्रममा आज स्काभेटर कर्णाली नदीमा खसेको छ । खार्पुनाथ–५ स्थित कर्णली नदीको घुम्ने भिर नजिकैबाट स्काभेटर खसेको थियो । स्काभेटर चालकलाई उद्धार गरी खार्पुनाथ गाउँपालिकामा रहेको स्वास्थ्यचौकीमा प्राथमिक उपचार पछि थप उपचारका लागि  जिल्ला अस्पताल पठाइएको सोही गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रवीर शाहीले जानकारी दिए ।  स्काभेटर नदीमा डुबेकाले निकाल्न नसकिएको उनको भनाइ थियो । चालक बुढाको छाती, मेरुदण्ड र टाउकोमा सामान्य चोट लागेको… पुरा पढौ

सडक दुर्घटनाको विषय लिएर गरिएको आन्दोलनमा सात प्रहरी घाइते

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको लम्कीमा ट्रकको ठक्करबाट स्थानीय एक युवतीको मृत्यु भएपछि गरिएको प्रदर्शनले लम्की क्षेत्र आज तनाबग्रस्त बनेको छ । ना ७ ख ९२३३ नंको ट्रकको ठक्करबाट लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत १९ वर्षीया सुनिता रावलको मृत्यु भएपछि आक्रोशित स्थानीय बासिन्दाले गरेको प्रदर्शनले उग्ररुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठी प्रहार गर्नुका साथै अश्रुग्यासको समेत प्रयोग गर्नुपरेको छ । प्रदर्शनकारीका तर्फबाट प्रहार भएको ढुङ्गा लागेर सात जना प्रहरी घाइते भएको… पुरा पढौ

चाडै फेवा र बेगनासमा वाटर स्पोर्टसको मज्जा

कास्की स्थित फेवा र बेगनास तालमा वटर स्पोर्टस् सञ्चालन गर्नको लागी ७ वटा नीजि कम्पनीहरुले चासो ब्यक्त गरेका छन् । पोखरा महानगरपालिकाले दुईवटा ताललाई वाटर स्पोर्टस सञ्चालन गर्ने कार्ययोजना अघि सारे पछि उक्त सात कम्पनीले चासो ब्यक्त गरेका हुन् । महानगरपालिकाले फेवाताल र बेगनास तालमा वाटर स्पोर्टस सञ्चालन गर्न मनसाय पत्र मागेको छ । मनसाय पत्र अनुसार फेवातालमा ६ वटा कम्पनी र बेगनासमा ३ वटा कम्पनीले चासो दिएका छन् ।… पुरा पढौ

मुख्यमन्त्रीलाई लक्षित गरी फेरि बम विस्फोट

रोल्पाको त्रिवेणी गाउँपालिकाको जुगारमा मंगलबार मुख्यमन्त्रिलाई लक्षित गरि फेरी पनि बम विस्फोट गराईएको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल हिँडेको सडक नजिकै बम विस्फोट भएको हो । रोल्पा स्थित तिला पर सडक नजिकै जंगलमा बम विस्फोट भएको प्रदेश ५ सभाका सांसद दीपेन्द्रकुमार पुनले जानकारी दिए । सदरमुकाम लिबाङबाट त्रिवेणी गाउँपालिकाको जुगारमा हुने नेकपाको आमसभामा सहभागी हुन मुख्यमन्त्री पोखरेल त्यसतर्फ जाँदै थिए । उक्त समयमा बम विस्फोटको भएको खबर… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं