समाचार

प्रधानमन्त्री भियतनाम र कम्बोडिया भ्रमणमा निस्कदै

प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडिया भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार प्रधानमन्त्रीले आगामी वैशाख २६ देखि ३० गतेसम्म कम्बोडियाको भ्रमण गर्न लागेका जनाएका छन् । प्रधानमन्त्री ओलीले भियतनाममा त्यहाँका प्रधानमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्नुका साथै त्यहाँ आयोजित वुद्ध सम्मेलनमा सहभागी हुनेछन् । भियतनामले ३० वर्षयता गरेको तीब्र आर्थिक प्रगति र उक्त देश विश्वभरका लगानीकर्ताको आकर्षणको केन्द्र भएकाले उनीहरुको अनुभवबाट नेपालले सिक्न… पुरा पढौ

विमानस्थलमा नेपाली पहिचान झल्किने संरचना निर्माण गर्न निर्देशन

पोखरा क्षेत्रीय विमानस्थल र भैरहवाको गौतमवुद्ध विमानस्थलमा नेपाली पहिचान झल्किने खालको संरचना निर्माण गर्न निर्देशन दिएको छ । राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले दुबै विमानस्थलको अध्ययन गर्दा आयोजनाको डिजाइनमा नेपालीपन नदेखिएको भन्दै उपयुक्त स्थानमा नेपालीपन देखिने संरचना बनाउन निर्देशन दिएको हो । समिति सभापछि तारादेवी भट्ट, खिमकुमार विक, विमला राई पौड्याल, सरिता प्रसाईंले वैशाख ८ गतेदेखि दुई निर्माणाधीन विमानस्थलको स्थलगत अध्ययन गरेका थिए । बिहीबार आयोजित समितिको बैठकमा ती… पुरा पढौ

खाना पकाउने ग्याँसको दुईथरी मूल्य निर्धारण गर्न माग

सांसदहरुले खाना पकाउने ग्याँसको मूल्य दुईथरी मूल्य हुनुपर्ने माग राखेका छन् । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबार बैठकमा नेकपा सांसद कृष्णकुमार श्रेष्ठले व्यवसायिक र व्यक्तिगतलाई छुट्टाछुट्टै मूल्य कायम गर्न आग्रह गरेका हुन्। व्यवसायिक प्रयोजनमा भ्याट छुटको व्यवस्था रहेका कारण दुईथरी मूल्य कायम गर्नुपर्ने उनको गरे । यसअघि निलो र रातो रङ्गको ग्याँस प्रयोगमा ल्याइए पनि कमिसनको चलखेलका कारण सफल हुन नसकेको भन्दै अब भ्याट… पुरा पढौ

सवारी दुर्घटनामा छोरीको मृत्यु, बाबु घाइते

बुटवलको जितगढीमा सवारी दुर्घटनामा छोरीको मृत्यु भएको छ भने बाबु घाईते भएका छन् । बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु४५प ७२३४ नम्बरको स्कुटरलाई टिपरले ठक्कर दिदा बुटवल उपहानगरपालिका-१२ तामनगर बस्ने १९ वर्षीया पुष्पा भण्डारीको मृत्यु भएको हो । ठक्कर दिएको आशंकामा लु२ख १९०३ र लु१ख ६२३३ नम्बरका दुईवटा टिपरलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए। बुबा घनश्याम भण्डारीसँग स्कुटर पछाडि बसेको अवस्थामा उनीहरूलाई… पुरा पढौ

नेपाली विद्यार्थीलाई अष्ट्रेलियामा नयाँ नियम यस्तो छ

नेपाली विद्यार्थीका लागि अष्ट्रेलियामा नयाँ नियम लागू भएको छ । अष्ट्रेलियाको अध्यागमन विभागले प्राविधिक शिक्षा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरुलाई मात्र लक्षित गरेर पहिलो पटक अष्ट्रेलियाली सरकारले नियम जारी गरेको हो । अष्ट्रेलियाको गृह मन्त्रालयले जारी गरेको सूचना अनुसार प्राविधिक शिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुले अंग्रेजी तथा आफ्नो आर्थिक क्षमताको सबै विवरणहरु पूर्णरुपमा पेश गर्नु पर्ने भएको छ । यसअघि यो प्रावधानलाई अनिवार्य गरिएको थिएन । अष्ट्रेलियामा अध्ययन गर्न जाने… पुरा पढौ

धादिङमा फेरी सवारी दुर्घटना

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनिबेसी ८ खानिखोलामा विहिबार फेरी सवारी दुर्घटना हुदा १३ जना घाइते भएका छन् । सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना७ख ३२४० नम्बरको बस बिहान ४ बजे दुर्घटना भएको हो । घाइते मध्ये एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा ११ जना पुरुष र २ जना महिला रहेका छन् । गम्भिर घाइते भएका पुरुषलाई उपचारका लागि काठमाडौ रिफर गरिएको छ भने बाँकी सामान्य घाइतेहरुको… पुरा पढौ

विकासका लागि सूचना प्रविधि

आज मे २ अर्थात सूचना तथा प्रविधि दिवस धेरैलाई थाहा हुन सक्छ वा नहुन पनि यो दिवस बारे तर बुझेर होस वा नबुझेर आम आधुनिक जीवनको मानिस यो क्षेत्रबाट टाढा रहन सक्ने अवस्था भने छैन । आज सुचना र प्रविधिको मानिसको एक अभिन्न अंगको रुपमा विकास भइसकेको र चाहेर पनि यो क्ष्ोत्र भन्दा टाढा रहन नसकिने अवस्था सृजना भएको छ । वर्तमान युग सुचना र प्रविधिको युग हो, आज संसार… पुरा पढौ

जोमसोममा २५ करोड ५५ लाखको अस्पताल निर्माण हुँने

हिमाली जिल्ला मुस्ताङको एकमात्र जोमसोम अस्पताललाई आधुनिक संरचनाको रुपमा बिस्तार गरिने भएको छ ।यसका लागि गण्डकी प्रदेश सरकारले करिव २५ करोड ५५ लाख बजेट स्टमेट गरेको हो । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७५÷२०७६ मा अस्पताल संरचना निर्माणका लागि ६ करोड २० लाख बिनियोजन भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर गुरुङले जानकारी दिए ।अस्पताल भवन संरचना निर्माणका लागि अहिले भईरहेका धेरैजसो संरचना मासिने उनले बताए ।अध्यक्ष गुरुङका अनुसार अस्पताल निर्माणको… पुरा पढौ

नेकपाका नेता चढेको कार अर्घाखाँचीमा दुर्घटनामा परेपछि

बुधबार नेकपाका नेता चढेको कार दाङ र अर्घाखाँचीको सिमानामा दुर्घटना हुँदा दुर्घटना हुँदा चार जना घाइते भएका छन्। दाङबाट बुटवल जाँदै गरेको बा १९ च १३३ नम्बरको कार नेकपाका प्रदेश कमिटी सदस्य, युवा संघका प्रदेश अध्यक्षसहित चार जना घाइते भएका हुन्। दुर्घटनामा युवा संघ प्रदेश ५ का अध्यक्ष मनोहर बुढाथोकी, प्रदेश सदस्य लक्ष्मण शर्मा, शिवकुमार आचार्य, शिवानन्द गिरी घाइते भएका छन्। पूर्व पश्चिम राजमार्गको शितगंगा नगरपालिक–८ अर्घाखाँचीमा कार र ट्रक… पुरा पढौ

ओम पशुपति शान्ति सेवा आश्रमलाई शौचालय हस्तान्तरण

रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेल र नारी नेपालको सहयोगमा निर्मित शौचालय ओम पशुपति शान्ति सेवा आश्रमलाई हस्तान्तरण गरिएको छ । पोखरा–२९ स्थित आश्रममा शौचालय निर्माण गरिएको हो । रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेलका अध्यक्ष विद्या कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. २९ का वडा अध्यक्ष चेतबहादुर गुरुङ र राष्ट्रिय परोपकार महासंघका केन्द्रीय अध्यक्ष एवंं आश्रमका संरक्षक कमलनयन गौतम सहभागी थिए । उक्त अवसरमा वडाध्यक्ष चेतबहादुर गुरुङले शौचालयको चावी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं