ताजा समाचार

वैशाख २० गते २०७६

आधा घण्टा लाग्ने बाटो अव झोलुङगे पुल मार्फत २ मिनेटमै

बाग्लुङको ढोरपाटन नगरपालिका वडा नम्बर ५ मा करिब ३ सय मिटर लम्बाइको झोलुङ्गे पुल निर्माणको काम सुरु भएको छ ।

आर्थिक वर्ष २०७४र७५ अन्तरगत गत वर्ष जेठ ७ गते सर्वे डिजाइन भएको प्रर्यटकीय एवम् धेरै लम्बाइ भएको पुलको निर्माणको काम सुरु भएको पुल निर्माणका हो ।

प्याङ्खोलादेखि अधिकारीचौर भुजी माध्यमिक विद्यार्थी नजिर्कै जोड्ने उक्त पुल स्थानीय पूर्वाधार तथा कृषि सडक विकासबाट मान्यता पाएसँगै सर्वे डिजाइन सम्पन्न भएको थियो ।

भौगोलीक दृष्टिकोणले अतिनै जोखिम मोल्दै आएका त्यस क्षेत्रका जनतालाई पुल निर्माण भएसँगै करिब २० मिनेटको बाटो २ मिनेटमै पार गर्न सकिने र वर्षातमा हुने बाढी, पहिरोको जोखिम बहन गर्नु पर्ने बाध्यता समेत यात्रुमा कम हुने छ ।

पुल बनेपछि साविक अधिकारीचौर गाविसका वडा नम्बर ५ देखि ९ सम्मका करिब ५ सय घरदुरी बासिन्दाले सुविधा लिन सक्ने भएका हुन् । पुल दुई सय एकानब्बे मिटर लम्बाई र करिब दुई सय पचास मिटर उचाइमा बन्ने भएको हो ।