प्रदेश १ को नाम कोशी होला त ?

प्रदेश १ को नाम कोशी प्रदेश राख्ने तयारी गरेको छ । प्रदेश १ मा बहुमतप्राप्त सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले कोसी प्रदेश नाम राख्ने सहमति जुटाएको हो।

नेकपा भित्र पनि यसको नाम राख्न दुईथरी प्रस्ताव थिए । साविक एमाले सांसदहरु कोशी प्रदेश नाम राख्नुपर्ने र विकल्पमा सगरमाथा नाम राख्नुपर्ने पक्षमा थिए भने साविकका माओवादी सांसदहरु कोशीसँग किरात शब्द जोड्नुपर्ने पक्षमा थिए।

दुवैले आफ्ना आफ्ना अडान छोडेर कोशी नाम नै राख्ने सहमति जुटेको प्रदेश १ मन्त्रिपरिषद्का एक सदस्यले बताए।

नेकपा मन्त्रिपरिषद्का सदस्यहरु विराटनगरलाई नै राजधानी बनाउनुपर्ने पक्षमा छन्। तर नेकपा भित्रकै सांसदहरु भने राजधानीलाई लिएर विभाजित छन्। कतिपय सांसदहरुले इटहरीु राजधानी राख्न प्रस्ताव गरेका छन्। धनकुटाको विषयमा समेत व्यापक छलफल भएको छ।