ताजा समाचार

वैशाख २० गते २०७६

गाडी ब्याक गर्दा १ जनाको मृत्यु

गोरखामा आज सवारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । गण्डकी गाउँपालिका-८ बेनी गाँउमा गाडी ब्याक गर्ने क्रममा सोहि स्थानका ५८ बर्षिय देवनारायण श्रेष्ठको मृत्यु भएको हो ।

५ ख ११७१ नम्बरको गाडिले ठक्कर दिँदा श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी प्रवक्ता गोविन्द पुरीले जानकारी दिएका छन् । उनका अनुसार घटनाको अनुसन्धान भैरहेको छ ।