ताजा समाचार

वैशाख १८ गते २०७६

ओम पशुपति शान्ति सेवा आश्रमलाई शौचालय हस्तान्तरण

रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेल र नारी नेपालको सहयोगमा निर्मित शौचालय ओम पशुपति शान्ति सेवा आश्रमलाई हस्तान्तरण गरिएको छ । पोखरा–२९ स्थित आश्रममा शौचालय निर्माण गरिएको हो ।

रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेलका अध्यक्ष विद्या कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. २९ का वडा अध्यक्ष चेतबहादुर गुरुङ र राष्ट्रिय परोपकार महासंघका केन्द्रीय अध्यक्ष एवंं आश्रमका संरक्षक कमलनयन गौतम सहभागी थिए ।

उक्त अवसरमा वडाध्यक्ष चेतबहादुर गुरुङले शौचालयको चावी खोलेर नवनिर्मित २ वटा शौचालय र एउटा स्नान कक्षको उद्घाटन गरे । स्नान कक्ष निर्माणमा राष्ट्रिय परोपकार महासंघले सहयोग गरेको थियो ।

उक्त अवसरमा बोल्दै प्रमख अतिथि गुरुङले नेपालको सामाजिक क्षेत्रमा रोट्याक्टले खेलेको भूमिका सह्रानीय भएको बताए । उनले यस्ता कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे ।

आश्रमका संरक्षक कमलनयन गौतमले मानवतासंग सभ्यता जोडिने अवस्थामा रोट्रयाक्टको यो सहयोग सभ्यता र सभ्य समाजको प्रतीक भएको बताए ।

नारी नेपालकी अध्यक्ष तथा रोटरी क्लब अफ पोखरा फिस्टेलकी सदस्य सिर्जना भुर्तेलले समाजिक सेवामा पनि नारी सहभागी भएको भन्दै रोटरी र रोट्रयाक्ट सदैव समाज परिवर्तनमा अग्रसर रहेको बताइन् ।

कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक एवं रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेलकी क्लब एडिटर प्रतिभा केसीले गरेकी थिईन् ।

रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेल महिलाहरूबाट संचालित क्लब हो । क्लबले प्रत्येक वर्ष महिला मैत्री शौचालय, पुस्तकालय निर्माण एवं संचालन गर्दै आएको छ ।