ताजा समाचार

वैशाख १९ गते २०७६

धादिङमा फेरी सवारी दुर्घटना

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनिबेसी ८ खानिखोलामा विहिबार फेरी सवारी दुर्घटना हुदा १३ जना घाइते भएका छन् ।

सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना७ख ३२४० नम्बरको बस बिहान ४ बजे दुर्घटना भएको हो ।

घाइते मध्ये एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा ११ जना पुरुष र २ जना महिला रहेका छन् । गम्भिर घाइते भएका पुरुषलाई उपचारका लागि काठमाडौ रिफर गरिएको छ भने बाँकी सामान्य घाइतेहरुको शिवदर्शन अस्पतालमा उपचार भइरहेको खानिखोला ट्राफिक पोस्टका नायब निरीक्षक उद्धव पोखरेलले बताए ।

बुधबार पनि धादिङमा माईक्रो बस र मोटरसाईकल एकआपसमा ठक्कर खादा २ जनाको मृत्यु भएको थियो ।