ताजा समाचार

वैशाख १९ गते २०७६

नेपाली विद्यार्थीलाई अष्ट्रेलियामा नयाँ नियम यस्तो छ

नेपाली विद्यार्थीका लागि अष्ट्रेलियामा नयाँ नियम लागू भएको छ ।

अष्ट्रेलियाको अध्यागमन विभागले प्राविधिक शिक्षा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरुलाई मात्र लक्षित गरेर पहिलो पटक अष्ट्रेलियाली सरकारले नियम जारी गरेको हो ।

अष्ट्रेलियाको गृह मन्त्रालयले जारी गरेको सूचना अनुसार प्राविधिक शिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुले अंग्रेजी तथा आफ्नो आर्थिक क्षमताको सबै विवरणहरु पूर्णरुपमा पेश गर्नु पर्ने भएको छ । यसअघि यो प्रावधानलाई अनिवार्य गरिएको थिएन ।

अष्ट्रेलियामा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरुको संख्या अत्यधिक रहेको भन्दै विद्यार्थी संख्या वृद्धिलाई दिगो र विद्यार्थीहरुको भविष्यलाई सुरक्षित राख्नका लागि यो नियम लागु गरिएको सूचनामा जनाइएको छ । प्राविधिक शिक्षा अन्तरगत एडभान्स डिप्लोमा, डिप्लोमा, विभिन्न विषयका सर्ट्फििकेट तीन र चार लगायतका प्राविधिक तहका विषयहरु पर्दछन् ।

प्राविधिक शिक्षामा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई मात्र लक्षित गरिएको यो परिवर्तनले उच्चशिक्षा (ब्याचलर्स, मास्टर्स र सो भन्दा माथिका)विषय अध्ययन गर्न आउने विद्यार्थीहरुलाई भने असर नगर्ने समेत जनाइएको छ ।

नेपालबाट पर्यटक भिषामा गएर विद्यार्थीका रुपमा बस्न चाहनेहरुका लागि कठिन हुने छ । जारी नयाँ नियम यही मे १ देखि लागु भएको जनाइएको छ ।